२०८१ माघ १३ गते आइतवार

निर्दोश ३ जनालाई प्रहरी ३ हप्ता थुन्यो,प्रशासनले जनही ८ हजार धरौटीमा छोड्यो

तुलसीपुर,मंसिर १२ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ स्थित जनकल्याण सामुदायिक वनको चिरोमा एकै साथ गाडेको अवस्थामा असोज ३० गते दिउँसो स्थानीय १५ बर्षीया रोशनी महतरा र १४ बर्षीय शरद आचार्यको शब फेला परे ।


सोही दिन शबहरु फेला परेको एक डेढ घन्टाको अन्तरालमै प्रहरीले हेटौंडाका टिपर चालक २४ बर्षीय सुवाश थिङलाई फोन सम्पर्क गरेको आधारमा दाङको लमहीबाट पक्राउ गरि जिल्ला प्रहरी कार्यालय घोराही पु¥यायो । जिल्लामा केही दिन केरकार पछि उनलाई इलाका प्रहरी कार्यालय तुलसीपुर ल्याइयो ।


उनको बयानका आधारमा दुई दिन पछि कात्तिक १ गते बिहानै सल्यान कपुरकोटका २१ बर्षीय अर्कै गाडीका सहचालक सुशील पुन पक्राउ परे । यी दुईले रोशनी र शरद बेपत्ता हुनु भन्दा अघिल्लो दिन आपसमा मोवाइल सेटहरु साटफेर गरि प्रयोग गर्दै आएका थिए ।


मोवाइल सेट साटफेर गरेको दिन साथी सुशीललाई सुवाशले फोन सम्पर्क गर्न खोजेपनि सम्पर्क हुन सकेन । मोवाइल हेर्दै जाने क्रममा मोवाइल सेटमै सेभ भएको नम्बरमा अञ्जान बस उनले बिहान करिब साढे ७ बजेतिर फोन सम्पर्क गरे । उक्त फोन नम्बर शरदकी माउली हजुरआमा यमकुमारी खड्काको थियो । यहँ नेर संयोग कस्तो परेको थियो भने सुशीलको माइती घर तुलसीपुर–१३ दमारगाउँमै थियो । चिनजान भएकै नाताले सुशीलले शरदकी हजुरआमा यमकुमारीको मोवाइल नम्बरपनि सेभ गरेका थिए ।


अर्कौ तर्फ नातिसहित गाउँकै अर्की किशोरी बेपत्ता रहेको हुँदा शरदकी हजुरआमा तनाबमा थिइन । उनले सेभ नगरेको नम्बर भएको हुँदा वास्ता गरिनन् । पछि डायल गर्दा तनाबका कारण ८ सेकेन्ड जति मात्रै कुरा भएपनि कुरा नबुझिएको हुँदा वास्तै गरिनन् । त्यतिखेर पनि उनले आफ्नो नाति ‘शरद’ बेपत्ता रहेको कुरा अरु संग गरि रहेकी थिइन । त्यत्तिकैमा फोन कट्यो ।

सुवाशले यो बीचमा पटक÷ पटक साथी सुशीललाई फोन सम्पर्कको प्रयास गरे । तर, जति प्रयास गर्दापनि फोन सम्पर्क हुन सकेन । त्यसैले सोही नम्बरमा कात्तिक २७ गते राति साढे १० बजेतिर फेरि सुवाशले फोन सम्पर्क गरे । जतिखेर उनले मदिरा सेवन गरेका थिए । सुवाशले फोनमा आफ्नो साथी ‘सुशील’ कहाँ छ ? भनेर सोधे । अत्तालिएकी यमकुमारीले ‘स’ सुन्नासाथ मेरो नाति ‘शरद’ खै भन्न थालिन ।


बाबु तिमि साथी हो भने ‘शरद’ कहाँ छ ? भनिदेउ भनेर धेरै आग्रह गरिन । त्यही बीचमा मातेका सुवाशले ‘बड्डो खोइ’ भनेर सोधे । पश्चिम तिर साथी भाइलाई पनि ‘बड्डा’ पनि भन्ने गरिन्छ । सायद, सुवाशले ‘सुशील’लाई बड्डा भन्ने खोजेका थिए । तर, नातिका कारण तनाबमा रहेकी यमकुमारीले त्यसलाई जिस्कन खोजेको ठानिन् । समय जो रातिको थियो । ‘त कोहोस पख तलाई, भोलि छोड्दीन’ भन्ने धम्किपूर्ण भाषा यमकुमारीले बोल्नु अन्यथा थिएन ।

त्यसपछि सुवाशले फोन काटे । धम्कि सुनेका सुवाशले फेरि झन्डै २० मिनेट पछि अर्कै नम्बरबाट फोन सम्पर्क गरे । त्यतिखेर शरदकी आमा सुनिता आचार्यले फोनमा कुरा गरिन । छोरो बेपत्ता भएको पीडा एकातिर छँदै थियो अर्कौ तर्फ श्रीमान संग सम्बन्ध बिच्छेद भइसकेको थियो । त्यो कुरा सुनितालाई आगोमा घिउ थपेझैं हुन पुग्यो । ‘तैले यो रातिमा कस्तो मानेर बड्डो सोधिस ? भोलि पर्खे तलाई’ भन्दै फोनमा बिबाद गरिन । सुवाशपनि त्यसै गरे । निर्दोश उनी अक्क न बक्क थिए ।


आमा यमकुमारी र छोरी सुनिताले राति फोनमा अञ्जान ब्यक्तिले गरेको कुरा आफन्त र गाउँले केहीलाई सुनाइ सकेकी थिइन । भान्जा बेपत्ता रहेको खबर लगतैदेखि मामा खेमराज खड्कापनि बेचैन थिए । उनी मालपोत कार्यालय तुलसीपुरमा लेखनदासको काम गर्ने हुँदा तुलसीपुरमा बस्ने भएपनि बिदाको दिनमा घर जाने गर्थे ।


जस्ले सानैदेखि भान्जा शरदलाई खेलाउँदै हुर्काएका ब्यक्ति थिए । किनकी भिनाजु संग सम्बन्ध बिग्रिपछि दिदी माइती घरमै बस्दै आएकी थिइन । खेमराजले अञ्जान ब्यक्ति (सुवाश) ले फोनमा आमा र दिदीसंग भएको कुरा साथीहरुलाई सुनाए । गुहार मागे । अनि सुवाशलाई बिभिन्न ब्यक्तिहरुले फरक–फरक नम्बरबाट फोन सम्पर्क गर्न थाले । त्यतिधेरै फोनहरु आउन थालेपछि सुवाश वाक्क भइ सकेका थिए । तर्सिएपनि ।

उनले त्यसरी फोन गर्ने मध्य सबैलाई फरक–फरक कुरा गरे । कसै संग आफ्नो घर रोल्पा, कसै संग सल्यान , कहिले पूर्व र कहिले नपालगंजमा रहेको बताए । अन्तिममा सुवाशले वाक्क मानेर सत्यकुरा बोले । आँफु टिपर चालक रहेको र लमहीको सतबरिया क्रशर उद्योगबाट बालुवा बिभिन्न ठाउँमा ओसार्ने काम गर्दै आएको भन्दै टिपरको नम्बरपनि बताए । यति हुँदासम्म रोशनी र शरद बेपत्ता भएको तीन दिन पुगि सकेको थियो ।


आफन्तको आशंका तीनै अञ्जान ब्यक्ति अर्थात सुवाशका प्रति थियो । त्यही भएर मामा खेमराजले इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी अधिकारी संग सबै कुरा भनि सकेका थिए । खेमराज र उनका साथीहरु सुवाशको खोजीमा निस्किए । बाटोमै उनीहरुले दुबैको शब एकै साथ चिरोमा भाटेको अबस्थामा फेला परेको सुचना पाइ सकेका थिए । सुवाशलाई देखाइ दिएर प्रहरीको जिम्मा लगाइ उनीहरु घर फर्किएका थिए ।


रोशनी र शरदको शब एकै ठाउँमा माटोले पुरेको अवस्थामा फेला परेको खबर हावा जस्तै फैलियो । चुनाबको माहोल सननिकट आइसकेको थियो । दाङ क्षेत्र नं. ३ का प्रतिनिभि र प्रदेशसभा सदस्यका उम्मेदवार तथा तीनका समर्थक जम्मै त्यहाँ पुगे । एक किसिमलएक किसिमले ‘शब माथि’ राजनीति भयो । प्रहरीलाई ठूलो दबाब सृजना भयो । एसपी, डिएसपी, डिआइडी, प्रमुख जिल्ला अधिकारी सबै घटनास्थल पुगे ।


टिपर चालक पक्राउ परि सकेका थिए । प्रहरीले रोशनी र शरदका साथी भाइ तथा युवा जतिलाई धमाधम उठायो । सोधपुछ ग¥यो । घटना अनुसन्धान गर्न बाँकेबाट तालिम प्राप्त कुकुर झिकाइयो । लगतै सिआइबीको टोली केन्द्रबाट आयो । कुकुरले रोशनी र शरदको मोवाइल जंगलमा फेला पारेपछि प्रहरी उनीहरु संग भएका फोन कल र समाजिक संजालमा भएका कुराका आधारमा अनुसन्धान केन्द्रित गर्न थाल्यो ।

त्यही क्रममा तुलसीपुर – १३ दमारगाउँकै चोपलाल योगीले असोज २७ गते राति पौने १० बजेतिर शरदलाई सामाजिक संजालको इन बक्समा ‘तलाई काट्छु, मार्छु’ भन्ने जस्ता धम्किपूर्ण शब्दहरु लेखेको तथ्य प्रहरीले फेला पा¥यो । त्यही आधारमा योगीपनि पक्राउ परे ।


यतिखेर सम्म प्रहरीको आशंका चिनजानका वा नजिकका ब्यक्तिले उनीहरुको हत्या गरि शव ब्यबस्थापन गरेको भन्ने नै थियो । सुरुदेखि नै घटना अनुसन्धानमा खटिएका प्रहरी अधिकारीले ‘केटा वा केटीको मल्टिपल रिलेशन’का कारण योजना बद्ध रुपमा उनीहरुको हत्या भएको हुन सक्ने बताउँदै आएका थिए ।


निर्वाचनको संघारमै भएको रोशनी – शरद हत्या काण्डमा राजनीतिक दबाबले प्रहरी थप प्रेसरमा थियो । पोष्टमार्टम गर्न दुई दिन कुर्नु प¥यो । घोराहीबाट विशषेज्ञ टोली झिकाएर मात्रै पोष्टमार्टम भयो । भिसेरा चेकजाँचका लागि काठमाडौं पठाइएको थियो । त्यसैले पोष्टमार्टम रिपोर्टपनि केही ढिला गरि आयो ।


यो बीचमा प्रहरीले प्रमुख दोषीका रुपमा टिपर चालक सुवाशलाई नै औंल्याउँदै आएको थियो । अनुसन्धान पनि उनकै बयानका आधारमा केन्द्रित थियो । अर्कौ तर्फ प्रहरी संगको बयानमा उनले घटनामा आफ्नो संलग्नता रहेको सुरुदेखि नै बताउँदै आएका थिए ।


यतिसम्मकी सुवाश तुलसीपुर–१३ दमारगाउँमा कहिलै गएका थिएनन् । उनलाई गाउँमा पु¥याउँदा ‘घटनास्थल यही हो’ भनेर देखाएको कुरापनि प्रहरीले बताएको थियो । तर, सल्यानका सुशीलले पनि जति गर्दापनि घटना स्वीकार्न तयार भएनन् । जति प्रयास गर्दापनि ‘ बरु मलाई गोली हान, घटनाबारे केही थाहाँ छैन’ भन्ने अडानबाट डगमग भएनन् । प्रहरी भने मुख्य दोषी उनीहरुलाई मान्दै मुद्दा चलाउने तयारीमा थियो । त्यो खबर सार्वजनिक भएपछि प्रहरी हच्कियो ।

यति गर्दासम्म मध्य कात्तिक भइ सकेको थियो । मनोनयन दर्ता लगाएका कामहरु अघि बढ्दै थिए । यही बीचमा पोष्टमार्टम रिपोट प्रहरीले पायो । त्यसपछि अनुसन्धामा खटिएका अधिकारी आश्चर्यमा परे । अनुसन्धान सबै उल्टो गतिमा गइ रहेको तथ्य बुझे । अहिले सम्मको अनुसन्धान पूर्ण रुपमा फेला खाएपछि प्रहरीले फेरि ‘जिरो लेभल’ बाट अनुसन्धान अगाडि बढाउने निष्कर्षमा पुग्यो ।


पोष्टमार्टम रिपोटमा उनीहरुको मृत्यु बिद्युतिय करेन्ट लागेर भएको भन्ने थियो । त्यसैले अनुसन्धानमा खटिएका प्रहरी कात्तिक १७ गते बेलुका तिर दमारगाउँ पुगे । त्यहाँ पुगेर बस्तुस्थिति अनुसन्धान गर्दा रोशनीको घर नजिकै बिद्युत बढी खपत हुने र बिद्युतिय प्रयोजन बढी हुने कुखरा फर्मदेखे । पहिला प्रहरीले कुखुरा फार्म संचालक तुलसीपुर –१३ दमारगाउँका ३९ वर्षीय गणेश भनिने हरिश चन्द्र पौडेललाई नियन्त्रणमा लियो ।

रोशनी र शरदको शब फेला परेपछि युटुव लगाएतमा सबैभन्दा बढी घटनाको निन्दा गर्ने र दोषीलाई फाँसी हुनुपर्छ भनेर कुर्लने तिनै थिए । झुट धेरै दिन टिक्दैन, सत्य छिप्दैन भनेझैं उकुस मुकुस अवस्थामा पुगेका उनले घटना स्वीकार गरे । जसबाट जंगली बँदेल मार्न थापेको बिद्युतिय धरापमा परि रोशनी र शरदको मृत्यु भएको तथ्य उजागर भयो ।


उनकै बयानका आधारमा सोही गाउँका २८ वर्षीय नुमानन्द कार्की, ३१ वर्षीय खिमबहादुर बुढा र ४७ वर्षीय प्रकाश भनिने अम्मर राज कार्कीलाई प्रहरीले उक्त कार्यमा संलग्न रहेको भन्दै कात्तिक २० गते सार्वजनिक गरेको थियो । पत्रकार सम्मेलनमै जिल्ला प्रहरी प्रमुख एसपी बीरबहादुर वलीले टिपर चालक सुवाश, अर्कै गाडीका सहचालक सुशील र शरदलाई म्यासेन्जरमा ज्यान मार्ने धम्कि दिएका चोपलाल निर्दोश रहेको तथा रोशनी र शरद मृत्यु प्रकरणमा उनीहरुको कुनैपनि संलग्नता रहेको तथ्य सार्वजनिक गरेका थिए ।


तर पनि प्रहरीले उनीहरुलाई छोडेन । तीनै जना बिरुद्ध अनाहकमा ‘अभ्रद ब्यबहार’ सम्बन्धि मुद्दा चलायो । यो सबै प्रहरीले आफ्नो गल्ती र कमजोरी ढाकछोप गर्न गरेको प्रपञ्च मात्रै थियो । असोज ३० गतेदेखि थुनिएका सुवाश लगाएत सुशील र चोपलाल निर्दोश रहेपनि प्रहरीको कमजोरीका कारण थुनामा बसिरहनु प¥यो । निर्दोश हुन भन्ने जान्दा जान्दै थुनामा राख्नु कानुको बर्खिलाप हो ।

निर्दोश ब्यक्तिलाई सम्मानका साथ आफ्नो गल्ती स्वीकार गर्दै तत्काल रिहा गर्नुपर्नेमा प्रहरीले यहाँ आफ्नो गल्ती छोप्न अनाहकमा थप २० दिन थुनेको छ । उनीहरु तीनै जना मंसिर ११ गते मात्रै जनही ८ हजार धरौटीमा रिहा भएका छन् । प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीलाई निर्दोश हुन भन्ने जान्दा जान्दै कित यतिका दिन उनीहरुलाई थुनेर उल्टै धरौटी मागिएको हो ? भन्ने प्रश्नमा उनले गोलमोटल उत्तर दिए । आँफु कार्यालय बाहिर रहेको तथा यसबारे बृस्तित रुपमा नबुझेको र मुद्दा शाखालाई बुझेर मात्रै बताउन सक्ने बताए ।


सुवाशले सुरुबाटै प्रहरीलाई दिगभ्रमित पार्ने कार्य गरेको अर्का एक प्रहरी अधिकारीले बताए । तर, एक अधिकारकर्मीले भने ब्यक्ति पक्राउ परि सकेपछि उस्लाई प्रहरीले दिने शाररिक र मानिसक यातनाको ज्वलन्त उदाहरण यस्लाई मान्न सकिने तर्क गरे । ‘तथ्य भन्दा दबाबका आधारमा ब्यक्ति पक्राउ गर्ने र उस्लाई जोर जवरजस्ती दोषी करार गर्न खोज्ने प्रबृति अनुसन्धानमा खटिने प्रहरी अधिकारीले बदल्न आवश्यक छ,’ उनले भने ‘ यहाँ सुवाशको हकमा पनि त्यही भएको देखिन्छ । निर्दोश भन्ने जान्दा जान्दै थप थुन्नु र धरौटी माग्नु गैरकानुी कार्य हो । यसरी प्रहरीको कमजोरी ढाकछोप हुँदैन ।’

त्यस्तै पछिल्लो समय बँदेल मार्न बिद्युतिय धराप थाप्न सिकाउने ब्यक्ति स्थानीय हरिबहादुर आचार्यलाई पनि पक्राउ परेका छन् । आचार्यले सिकाएपछि माथि उल्लेखित चार जना मिलेर कात्तिक २४ गतेदेखि नै रातिमा बिद्युतिय धराप थाप्दै आएको तथ्य खुलेको छ । दूई दिन रातभर उनीहरु मध्य केहीले डिउटी दिएपनि कोही नआउने देखेर कात्तिक २७ गते धराप थापेर सुत्न गएको समयमा सोही धरापमा आपसमा भेट्न गएका रोशनी र शरद परेको तथ्य उजागर भएको छ ।


प्रहरीले पत्रकार सम्मेलनमा असोज २७ गते राति करिब १० बजेतिर गणेश भन्ने हरिष चन्द्र पौडेलको घरबाट विद्युतको तार तानेर नजिकैको जंगलमा बँदेल मार्न पासो थापेको र त्यहीँ पासोमा परेर उनीहरूको सोही दिन राति मृत्यु भएको तथ्य सार्जनिक गरेको थियो ।

पासो थापेका मध्य अम्मरराज कार्की र गणेश भनिने हरिश चन्द्र पौडल असोज २८ गते बिहान साढे ५ बजेतिर हेर्न जाँदा दुबै जना मृत अवस्थामा फेला परेको देखेपछि दुबैले सल्लाह गरी शवलाई नजिकै जंगलको झाडीमा फालेका थिए ।
सोही दिन दिउँसो पौडेलले शब ब्यबस्थापन गर्ने ठाउँ हेरेको र बेलुका नौ बजेतिर बोरामा हाली चारै जनाले सल्लाह गरी शब चिरोमा फालेर माटोले भाटेको प्रहरीले जानकारी दिएको थियो ।

शब गाड्न अमरराज कार्कीको घरबाट फरूवा ल्याइएको थियो । उनीहरूले नै रोशनी र शरदको साथमा रहेका मोवाईल र चप्पलसमेत जंगलमा मिल्काएका थिए । यी चारै जनालाई कर्तब्य ज्यान मुद्दा चलाउन सरकारी वकिल कार्यालयमा मुद्दा पठाइएको प्रहरी अधिकारीले बताएका छन् ।

प्रकाशित मिति : २०७९ मङ्सिर १२ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *