दाङ, मंसिर ६ । दाङको क्षेत्र नं. १ (ख) का प्रदेशसभा सदस्य पदका उम्मेदवार अनुराग खड्का निकटतम प्रतिष्पर्धी भन्दा ५५७ मतान्तले अगाडि पुगेका छन् ।
गठबन्धनका उम्मेदवार तथा नेपाली काँग्रेसका स्वर्गिय नेता खुमबहादुर खड्काका एक्ला छोरा २८ बर्षीय अनुरागले पछिल्लो सार्वजनिक मत परिनाम अनुसार १९३० मत प्राप्त गरेका छन् ।
उनका निकटतम प्रतिष्पर्धी नेकपा एमालेका नेता कुलबहादुर खत्रीले १३७३ मत प्राप्त गरेका छन् । केसी लमही नगरपालिकाका पूर्व मेयर हुन ।
त्यस्तै यहाँ ढकिया चुनाब चिन्हका उम्मेदवार भक्तिराम चौधरीले ६३०, राष्ट्रिय प्रजातन्त्र पार्टीका गोरखबहादुर केसीले १४०, मंगोल नेशनल अर्गनाइजेसनका टिकलाल चौधरीले २१ र लोकतान्त्रिक समाजबादी पार्टी नेपालका राजकुमार विश्वकर्माले ८ मत प्राप्त गरेका छन् । मतगणना जारी छ ।
प्रकाशित मिति : २०७९ मङ्सिर ६ गते मङ्गलवार