तुलसीपुर, मंसिर ५। भर्खरै सम्पन्न संघ र प्रदेशको निर्वाचनमा सहभागि संपुर्ण मतदाताहरु, सुरक्षाकर्मिहरु, कर्मचारीहरु, नागरीक अगुवा, अधिकारकर्मि, सन्चारकर्मि लगाएत सवैलाई लोकतान्त्रिक गठवन्धनका उम्मेदवारहरुले हार्दिक आभार व्यक्त गरेका छन् ।
संघका उम्मेदवार नेपाली कांग्रेसका केन्द्रिय सदस्य दिपक गिरी, प्रदेश ३ क का उम्मेदवार दिल्ली वहादुर चौधरी र प्रदेश ३ ख का धन वहादुर मास्की (राजेश)ले सोमवार एक विज्ञप्ती जारी गरी हार्दिक आभार व्यक्त गरेका छन् ।
निर्वाचन लोकतन्त्रको प्राण भएको उल्लेख गर्दै उनीहरुले लोकतन्त्रको संरक्षण र संवद्र्धनमा आम नागरीकहरुको सदैव साथ र सहयोगको पनि अपेक्षा गरेका छन् ।
‘निर्वाचनको परीणामलाइ स्वीकार्दै मुलुकमा समुन्नत लोकतन्त्रकालागी हामीहरु प्रतिवद्ध पनि छौ’, विज्ञप्तीमा भनिएको छ ।
साथै विज्ञप्तीमा यसैगरी निरन्तर साथ र सहयोगको पनि अपेक्षा गरिएको छ ।
