२०८२ मङ्सिर १९ गते शुक्रवार

भूकम्पले ज्यान गुमाएकाका परिवारलाई राहत रकम वितरण

डोटी ,कात्तिक २६ । डोटीमा भूकम्पले ज्यान गुमाएकाका परिवारलाई राहत वितरण गरिएको छ ।

खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रबिन्दु भएर मङ्गलवार राति गएको भूकम्पबाट ज्यान गुमाएकाका परिवारलाई राहत रकम उपलब्ध गराइएको हो ।

६ दशमलव ६ रेक्टर स्केलको भूकम्पबाट ६ जनाले ज्यान गुमाएका थिए ।

जिल्ला विपद् व्यवस्थापन कोषमार्फत मृतकका आफन्त पदमबहादुर बोहोरालाई चार लाख, विस्नादेवी बोहोरालाई तीन लाख र महावीर बोहोरालाई दुई लाख रुपैयाँ प्रदान गरिएको जिल्ला प्रशासन कार्यालय डोटीले जनाएको छ ।

त्यस्तै घरमा पूर्ण क्षति पुगेका १८ परिवारलाई टेन्ट, ब्ल्याङ्केट, खाद्यान्न उपलब्ध गराइएको छ ।

सायल गाउँपालिकामा ३०र३० थान त्रिपाल र ब्ल्याङ्केट पठाइएको र पूर्वीचौकीको सिमलडाँडाका १० घरपरिवारलाई आज राहत सामग्री पठाउन व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले जानकारी दिए ।

भौतिक क्षतिको मूल्याङ्कनका लागि प्राविधिक कर्मचारी पठाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा अनुरोध पनि गरिएको छ ।

भूकम्पबाट डोटीसहित आसपासका जिल्लामा घर चर्केका तथा भत्केका छन् ।

प्रकाशित मिति : २०७९ कार्तिक २६ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *