तुलसीपुर,कात्तिक २३ । दाङ क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दीपक गिरीले तुलसीपुरमा रहेको तरकारी तथा फलफुल बजारलाइ देशकै नमुना तरकारी बजारका रुपमा बिकाश गरिने बताएका छन ।
बुधबार बिहान तुलसीपुर उपमहानगरपालिका ६- स्थित तरकारी बजारमै पुगेर त्यहाको समस्याको बारेमा बुझ्दै निकट भबिस्यमै ती सबै समस्याको समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे ।
नेपाली काग्रेसका केन्द्रिय सदस्य तथा पुर्ब सिचाइ मन्त्री समेत रहेका गिरीले हाइब्रेट जातका तरकारी फलफुल भन्दा यहि उत्पादन भएका स्थानीय अर्गानिक तरकारी तथा फलफूल राख्न आग्रह गर्दै त्यसका निम्ति हाइक्लासको चिस्यान केन्द्र निर्माणका लागि पहल गर्ने बताए ।
त्यस्तै दाङ क्षेत्र नम्बर ३ (क) का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार डिल्ली चौधरीले किसानको मेरुदण्डको रुपमा रहेको तरकारी बजारलाइ ब्यबस्थित गर्ने बताए ।
गर्मीको समयमा नस्ट हुने तरकारी तथा फलफूल ब्यबस्थापनका लागि प्रदेश सरकारबाट बजेट बिनियोजन गरि कोल्ड स्टोर बनाउने प्रतिबद्धता जनाए ।
कार्यक्रम तुलसीपुर तरकारी तथा फलफूल बजारका अध्यक्ष माधब घिमिरेको अध्यक्षतामा भएको थियो ।
