२०८२ मङ्सिर २४ गते बुधवार

स्थानीय चुनाबलाई आधार मान्दा दाङ ३ मा दीपक गिरी सुरक्षित

तुलसीपुर, कात्तिक १५ । मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचनका आउन अब तीन हप्ता भन्दापनि कम समय बाँकी छ ।

त्यसैले उम्मेदवारहरु आ–आफ्नो पक्षमा माहोल बनाउन घर दैलो तथा मतदाता भेटघाटमा ब्यस्त छन् । बैशाख ३० को स्थानीय तहमा प्राप्त मतका आधारमा बिश्लेशन गर्दा दाङ क्षेत्र नं. ३ मा नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार दीपक गिरी सुरक्षित देखिएका छन् । यहाँ गठबन्धन दलको मत बिपक्षी उम्मेदवार भन्दा तुलनात्मक रुपमा धेरै बढी छ ।


क्षेत्र नं. ३ मा नेकपा एमालेकी केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य पदकी उम्मेदवार कोमल वलीसंग गठबन्धनका साझा उम्मेदवार काँग्रेसका गिरी संग मुख्य प्रतिष्पर्धी हुने अनुमान गरिएको छ ।


बिगत नियाल्दा गिरी २०७० सालको निर्वाचनमा यही निर्वाचन क्षेत्रबाट निर्वाचित भएका थिए । तर, उनी २०५१ साल र २०६४ सालमा यही क्षेत्रबाट पराजित भएका थिए । राजनीतिक पृष्ठभूमी नियाल्दा उनी बिद्यार्थी कालदेखि नै ब्यबस्था परिवर्तको लागि काँग्रेसको राजनीतिमा होमिएका नेता हुन । उनको त्यही भूमिकाकै कारण फेरि पार्टीले टिकट दिएको छ । दाङका लागि मात्रै हैन, साबिकको राप्ती मध्यका रोल्पा, प्यूठान, सल्यान, रुकुम पश्चिम, रुकुम पूर्व लगाएतका जिल्लाबाट प्रतिनिधिसभा सदस्य पदमा टिकट पाएका नेता गिरी एक्ला उम्मेदवार हुन ।


त्यस्तै वली कला क्षेत्रबाट आएकी ब्यक्ति हुन । लोकदोहरी गायिका उनले रेडियो नेपालमा समाचार बाचकको रुपमा पनि काम गरेकी थिइन । २०७४ सालको निर्वाचन ताका मात्रै उनी राप्रपाबाट एमालेमा पार्टी प्रबेश गरेकी हुन । त्यसपछि समानुपातिक कोटामा परेकी उनी राष्ट्रियसभा सदस्यसमेत बनेकी थिइन । वलीका लागि यो नै संसदीय निर्वाचनको पहिलो अभ्यास हो ।


यो निर्वाचन क्षेत्रमा तुलसीपुर उपमहानगरपालिकाका १ देखि १५ वडाहरु र दंगीशरण, शान्तिनगर र बबई गाउँपालिका पर्छन । यो निर्वाचन क्षेत्रमा कुल मतदाता १ लाख ४८ हजार ४ सय ७५ छन् । त्यसमध्य पुरुष मतदाता ७१ हजार ६ सय ७३ छन भने महिला मतदाता ७४ हजार ८ सय १ रहेका छन् । मतदान स्थल ५४ र मतदान केन्द्र १ सय ६७ छन् ।


स्थानीय तह निर्वाचनका क्रममा तुलसीपुरमा गठबन्धन थियो । तर,पनि तुलसीपुरको मेयर उपमेयर दुबै एमालेले जितेको थियो । त्यसबाहेक काँग्रेस एक्लै भिडेका पश्चिम दाङका सबै पालिकाहरुमा काँग्रेसले सानदार जित हासिल गरेको छ । सबै पालिकका अध्यक्ष–उपाध्यक्षदेखि बहुमत वडाध्यक्ष काँग्रेसले एक्लै जितेको छ ।


१९ वडा रहेको तुलसीपुरका १ देखि १५ वडामात्रै निर्वाचन क्षेत्र नं. ३ अन्तरगत पर्छन । यो ठाउँको मात्रै योगफल निकाल्दा एमालेले मेयर उपमेयरसहित आठ वडा र गठबन्धन दलहरुले ७ वडा जितेका छन् । एमालेका मेयरले यहाँ २५३८४ मत र काँग्रेसका मेयरका उम्मेदवारले २३५५९ मत प्राप्त गरेका छन् ।


यहाँ सबै वडाध्यक्षको मत जोडेपछि फेरि मेयरले प्राप्त गरेको मत जोड्न आवश्यक पर्दैन । किनकी तीनै वडाहरुको मत मेयरका उम्मेदवारले प्राप्त गरेका हुन । तुलसीपुरमा एमालेले २,३, ६, ८,१०,११, १३ र १५ नम्बर वडाहरु जितेको छ ।
गठबन्धन दलहरु मध्यबाट तुलसीपुर १,४,१२ को वडाध्क्ष माओबादी ५,७,९ र १४ नम्बर वडा काँग्रेसले जितेको छ ।

अध्यक्षले पाएको कुल मत जोड्दा तुलसीपुरका १५ वडासम्म एमालेको मत २४२०१ पुग्छ भने गठबन्धन दलका वडाध्यक्षको मत २४९१५ पुग्ने गर्छ । तुलसीपुरमा प्राप्त वडाध्यक्षको मात्रै प्राप्त मतलाई आधार मान्दा गठबन्धन दलहरु ७१८ मतान्तरले अगाडि छन् ।
त्यस्तै काँग्रेस एक्लै भिडेका पश्चिम दाङका सबै तीन वटै पालिकाहरुमा काँग्रेसले क्लिन स्वीप गरेको छ । सबै पालिकका अध्यक्ष–उपाध्यक्षदेखि बढी जसो वडाध्यक्ष काँग्रेसले एक्लै जितेको छ । सात वटा वडाहरु रहेको दंगीशरण गाउँपालिकामा काँग्रेस एक्लैले पालिका अध्यक्ष उपाध्यक्षसहित वडाहरु १, ३ र ६ काँग्रेसले जितेको छ । यहाँ काँग्रेसका वडाध्यक्षहले मात्रै प्राप्त गरेको मत २४४५ रहेका छ ।


त्यस्तै यहाँ माओबादीले एउटा वडापनि जितेको छैन । यहाँ उस्का वडाध्यक्षले प्राप्त गरेको मत १६६५ हो भने एउटा वडाध्यक्षमा मात्रै प्रतिष्पर्धा गरेको नेकपा एकीकृत समाजबादीको २६९ मत प्राप्त गरेको थियो । कुल जोड्दा गठबन्धनका पक्षमा यो पालिकामा ४३७९ मत पुग्छ ।


त्यस्तै यहाँ एमालेले २,४, ५ र ७ नम्बर गरि चार वडाहरु जितेको छ । उस्को पक्षमा २९३९ मत मात्रै छ । गत स्थानीय निर्वाचत अनुसार यो पालिकामा गठबन्धन दलहरु १४४० मतान्तरले अगाडि देखिन्छन ।


त्यस्तै सात वटा वडाहरु रहेको शान्तिनगर गाउँपालिकामा पनि काँग्रेसले पालिका अध्यक्ष, उपाध्यक्षसहित ३ वडाहरु ३, ५ र ७ जितेको छ । यहाँ काँग्रेसका वडाध्यक्षले २४८६ मत प्राप्त गरेका छन् । माओबादीले वडा नं. १ मात्रै जितेको छ । यहाँ सात वडामा माओबादीका अध्यक्षहरुले प्राप्त गरेको कुल मत २६१० रहेको छ ।


चार वडाध्यक्षमा उम्मेदवारी दिएपनि नेकपा एकीकृत समाजबादीले जम्मा ३४ मत मात्रै पाएको छ । गठबन्धनका सबै दलको मत जोड्दा यहाँ ५१३० मत पुग्छ । अर्कौ तर्फ एमालेले यहाँ वडा नं.४ र ७ जितेको छ । उस्का अध्यक्षका उम्मेदवारले यहाँ कुल ४३२९ मत प्राप्त गरेका छन् ।


त्यसैले गठबन्धन यहाँ ८०१ मतान्तरले अगाडि देखिन्छ । शान्तिनगर २ मा काँग्रेस निकटका स्वतन्त्र उम्मेदवार बिजयी भएका थिए । उनले ७४८ मत प्राप्त गरेका थिए ।


बबई गाउँपालिका जिल्लाको सबैभन्दा पश्चिमको पालिका हो । सात वडाहरु रहेको यो पालिकामा पनि काँग्रेसले पालिकाअध्यक्ष उपाध्यक्ष लगाएत वडा नं. २,५,६ र ७ नम्वर जितेको छ । काँग्रेसका वडाध्यक्षहरुले यहाँ ५७११ मत प्राप्त गरेका छन् । एक वडापनि नजितेको माओबादीका वडाध्यक्षहरुको कुलमत १९३३ रहेको छ । त्यस्तै एउटा वडा वडा नं. १ मा भिडेको नेकपा एकीकृत समाजबादीले ५ मत मात्रै प्राप्त गरेको थियो ।


यी सबै गठबन्धन दलहरुको मत जोड्दा प्राप्त गरेको कुल मत ७६४९ हो । यो पालिकामा एमाले वडा नं. ३ र ४ जितेको छ । उस्का वडाध्यक्षहरुले यहाँ कुल मत ५०४० रहेको छ । काँग्रेस एक्लैले एमाले भन्दा स्थानीय निर्वाचनमा ६७१ मत बढी प्राप्त गरेको छ । गठबन्धन दलहरु सबैको मत जोड्दा एमाले २५०९ मतान्तरले पछाडि देखिन्छ ।


बैशाख ३० को निर्वाचन बिश्लेशन गर्दा क्षेत्र नं. ३ मा गठबन्धन दलहलहरुले प्राप्त गरेको मत जोड्दा उनीहरु एमाले भन्दा ५५६८ मतान्तरणले अगाडि देखिन्छन् । यही अनुसार मत खसे काँग्रेसका केन्द्रीय सदस्य दीपक गिरी सुरक्षित देखिन्छन् । गिरी २०५१ मा शंकर पोखरेल संग यही क्षेत्रमा पराजित भएका थिए । २०६४ मा नेकपा माओबादीकी शुष्मा शर्मा घिमिरे संग पराजित भएका थिए । २०७० सालमा एमालेका स्व। उत्तरकुमार वलीलाई गिरीले पराजित गरेका थिए ।

त्यस्तै २०७४ सालमा तत्कालिन एमालेका उम्मेदवार तथा अहिलेका एकीकृत समाजबादीका नेता स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसीसंग पराजित भएका थिए । एमाले नेतृ कोमल वली भने संसदीय चुनाबमा प्रत्यक्ष तर्पm पहिलो पटक लड्न थालेकी छन् । २०७४ तिर मात्रै वली राप्रपाबाट एमालेमा पार्टी प्रबेश गरेकी थिइन ।


त्यसअघि गायन तथा रेडियो नेपालमा समाचार बाचिकाको रुपमा काम गर्थिन । कला क्षेत्रबाट उदाएकी वलीलाई एमालेले समानुपातिक सांसद हुँदै यो बीचमा राष्ट्रिय सभाको सदस्य बनाएको थियो । गिरी एक प्रचण्डको नौं महिने मन्त्री मण्डलमा सिंचाई मन्त्री थिए । त्यतिखेर उनले बृहतसिंचाई परियोजना स्थापना गरेका थिए । जस्को केन्द्रीय कार्यालय अहिले पनि तुलसीपुरमै छ ।

सल्यानको शारदा र प्यूठानको माडीको पानी दाङमा झारेर बाह्रैमहिना सिंचाई सुबिधा पु¥याउने त्यसको उदेश्य छ । परियोजनाले जिल्लामा यतिखेर सिंचाई ड्याम, नहर तथा सिंचाई पक्की कुलोहरु बनाउँदै आएको छ । यो बीचमा गिरीको पहलमा पश्चिम दाङदेखि सल्यानहुँदै सुर्खेत जोड्ने बोटो कालोपत्रे र बबईका बिभिन्न स्थानमा पुल निर्माण तथा तटबन्ध निर्माणका कामहरु भएका छन् ।


उम्मेदवार गिरी र वलीले आँफुहरुलाई बिजयी बनाए पश्चिम दाङको विकाशमा भूमिका खेल्ने भन्दै भोट माग्दै आएका छन् । तुलसीपुरस्थित टरिगाउँ एयरपोर्टको विस्तारदेखि स्तरिय अस्पताल र प्राबिधिक शिक्षामा उनीहरुले जोड दिदै आएका छन् । वलीले महिला भोट पाउने संभावना प्रबल रहेको एमाले नेताहरुको दाबी छ । उनको गलाका पराखी उत्रिकै छन् । त्यसले पनि वलीले भोट तान्न सक्ने उनीहरुको बिश्लेशन रहेको पाइन्छ ।


अर्कौ तर्फ वलीलाई धेरै आलोचकपनि छन् । पार्टी भित्रैबाट ‘अबसरको राजनीति’रुपमापनि चित्रण गर्ने गर्छन । एमाले भित्रका सिनियर नेताहरु छोटो समयमै वलीले पार्टीमा आएर प्राप्त गरेको सफलताको डाहा गर्ने गर्छन । नेताको वरिपरी घुमेर जिल्लामा संगठन गरेका बर्षौं दुःख गरेका नेताहरुलाई ओझेलमा पारेको आरोप उनी माथि छ ।


काँग्रेस भित्रपनि बर्षौंदेखि एउटै नेता हाबी भएको तथा युवालाई अबसर नदिएको आरोप लाग्दै आएको छ । अर्कौ तर्फ काँग्रेसमा गुट उपगुटको चर्कौै राजनीति छ । वलीले त्यसको लाभ उठाउन सकिन भने जित्न सक्ने संभावना उत्तिकै छ ।


गिरी साबिकको राप्ती अंचलका जिल्लाहरु मध्य दाङ, रोल्पा, रुकुम, सल्यान, प्यूठानमा पार्टीको तर्फबाट प्रतिनिधि सभा सदस्यको टिकट पाएका एक्ला उम्मेदवार हुन । यदी गिरी पराजित भए यी जिल्लामा प्रतिनिधि सभा तर्फ काँग्रेस निल हुने अवस्था आउने छ ।

प्रकाशित मिति : २०७९ कार्तिक १५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *