२०८१ साउन ९ गते बुधवार

आचारसंहिता कार्यान्वयन बारे उम्मेदवारसंग छलफल

तुलसीपुर,कात्तिक ३ । जिल्ला निर्वाचन व्यवस्थापन समिति दाङले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यका उम्मेदवारसगं निर्वाचन आचारसंहित सम्बन्धी अन्तरक्रिया गरेको छ ।

बिहीवार दाङ निर्वाचन क्षेत्र नं. ३ को निर्वाचन अधिकृतको कार्यालय तुलसीपुरमा विभिन्न दलका उम्मेदवारले निर्वाचन आचारसंहिताको कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए ।

त्यसक्रममा स्वतन्त्र पार्टीका प्रतिनिधिसभा सदस्य पदका उम्मेद्वार कमल सुवेदी र स्वतन्त्र उम्मेदवार भुपबहादुर भण्डारीले ठूला राजनीतिक दलहरुबाट आचारसंहिताको उल्लघन हुने संभावना औंल्याएका थिए ।

निर्वाचनको समयमा विभिन्न क्षेत्रका पेशाकर्मीहरु दलहरुको प्रचारप्रसारमा हिड्ने र ठूला दलहरुले मौन अवधिमा अझ बढी चलखेल गर्ने हुदाँ त्यसप्रति विषेश ध्यान दिन उनीहरुले निर्वाचन अधिकृत समक्ष ध्यानाकर्षण गराएका थिए ।

त्यसक्रममा नेकपा एमालेको तर्फबाट दाङ क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्य पदकी उम्मेदवार कोमल वलीले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष बनाउन आचारसंहिताको पूर्ण पालना गर्ने प्रतिबद्धता जनाएकी थिइन ।

एमालेको ३ (ख) का प्रदेशसभा सदस्य पदका उम्मेदवार हुकुमबहादुर बस्नेतले कडाईका साथ आचारसंहिता पालना गर्न आग्रंह गरेका थिए ।

कार्यक्रममा अधिकारकर्मी, सञ्चारकर्मीले पनि आचारसंहिताको पालना गर्ने र गराउने दायित्वबाट विमुख नहुने प्रतिबद्धता जनाए ।

मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीले निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गराउन सबैले आ–आफ्नो क्षेत्रबाट महत्वपूर्ण भूमिका खेल्न आग्रह गरेका थिए ।

उनले आचार संहिता कसैबाट उल्लघंन भएको पाइएमा निर्वाचन अधिकृतको कार्यालयलाई खबर गर्न आग्रह पनि गेका थिए ।

निर्वाचन अधिकृतको कार्यालय तुलसीपुरका निर्वाचन अधिृकत डोलराज न्यौपानेले प्रतिनिधिसभा तर्फका उम्मेदवारले क्षेत्र नं. १ मा ३३ लाख, २ र ३ का उम्मेदवारले अधिकतम ३१ लाख सम्म खर्च गर्न पाउने ब्यबस्था रहेको जानकारी दिएका थिए ।

प्रकाशित मिति : २०७९ कार्तिक ३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *