२०८२ मङ्सिर २३ गते मङ्गलवार

प्रतिगमणलाई परास्त गर्न गठबन्धनले जित्न आवश्यक – दीपक गिरी

तुलसीपुर,असोज ३१ । दाङ निर्वाचन क्षेत्र नं. ३ (क) ले सोमवार ५ दलिय संयुक्त गठबन्धनको प्रदेश स्तरिय चुनाबी तयारी सभा कार्यक्रम गरेको छ ।

चुनावी तयारी सभालाई सम्बोधन गर्दै दाङ निर्वाचन क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार दीपक गिरीले मंसिर ४ गतेको निर्वाचनमा प्रतिगमणलाई परास्त गर्न गठबन्धनले जित्न आवश्यक रहेको बताएका छन ।

‘लोकतान्त्रिक संविधान रक्षा,गठबन्धन राष्ट्रियता रक्षा र अखण्डता रक्षाका लागि पाँच दलिय गठबन्धन आजको आवश्यकता छ,गिरीले भने-हामी यो त्यो पार्टी भनेर होइन,मंसिर ४ गतेको निर्वाचनमा हामीले प्रतिगामीलाइ प्ररास्त गर्नु छ ।’ तसर्थ त्यसका लागि सबै एकगढ भएर चुनावी अभियानलाई अगाडी बढाउन जरुरी रहेको उनले तर्क गरे ।

‘निर्वाचनको समयमा एउटा हावा चल्छ,सानोतिनो कुरालाई टिका–टिप्ण्पणीको रुपमा लिन्छौ,यसमा सजक बनौ,गिरीले भने,अब सबै कार्यकर्ताहरु अनुसासित पुर्व कुनै भ्रममा नपरी जनताको घर–घरमा मत माग्न पुगौ ।’


उनले दाङ जिल्लाको मुहार फेर्न र समृद्ध जिल्ला बनाउनका निम्ती गठबन्धनको उत्तीकै आवश्यकता रहेको बताए । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्रीसमेत रहेका गिरीेले आँफुहरु बिजयी भएपछि पहिलो प्राथमिकतामा राखेर एयरपोर्ट विस्तार र विकासको काम गर्ने प्रतिबद्धता पनि जाहेर गरे ।

बिगतमा आँफु सिँचाई मन्त्री हुँदा प्रचण्ड प्रधानमन्त्री रहेको समयमा जनताकै अभिमतका कारण ५३ हजार हेक्टर जमिन भुमिलाई सिञ्चीत गराउनका लागि बृहत दाङ सिँचाई आयोजना ल्याउन सफल भएको कुरा स्मरण गरे ।

तत्कालिन जीवनबहादुर शाही पर्यटन मन्त्री हुदाँ डिपीआर गरेको टरिगाँउ एयरपोर्टको अवस्था जिर्ण बन्दै गएको बताउँदै गिरीले यस पटक बिजयी भएमा बृहत सिँचाई आयोजना जसरी नै एयरपोर्टका मुद्धालाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने बाचा गरे ।
कार्यक्रममा नेपाली काग्रेस केन्द्रिय सदस्य गेहेन्द्र गिरिले ५ दलिय गठबन्धनकै बिचमा रहेको अन्तरद्वन्द्वलाई मेटाउन जरुरी रहेको बताए ।

‘गठबन्धनकै बिचमा अन्तरद्धन्द्ध छ,अझै पनि आफ्नो कार्यकता र जनतालाई सम्झाउन सकिरहेको अबस्था छैन,उनले भने-राजनिती सधै स्टेप जादैन,यो आवश्यकता र समय अनुसार चल्ने गर्छ,त्यसैले गठबन्धन आजको आवश्यकता हो ।

उनले समान अस्तित्वलाई बचाउन साझा गठबन्धनका उम्मेदवारलाई जिताउन अपिल गरे । उनले भने,’मुहार मिल्ने व्यक्ती हेरेर भोट दिने प्रबृति छ,त्यसको पनि अन्त्य हुनुपर्छ ।’


नेपाली काग्रेस दाङ क्षेत्र नंं. ३ (क) का सभापति देबेन्द्र रिजालको सभापतित्वमा भएको चुनावी तयारी सभा कार्यक्रममा दाङ क्षेत्र नं.३ (क) का प्रदेश सभा सदस्यका उम्मेदवार डिल्ली बहादुर चौधरीले कसैलाई भ्रम फैलाएर भोट माग्नुपर्ने अवस्था नरहेको तर्क गरे ।

‘हामीले कसैलाई मेरो छोरा ठेक्केदार होइन भन्ने अबस्था छैन,हामिलाइ झुठो बोल्नु पर्दैन,चौधरीले भने,त्यसैले निर्धक्क भएर भोट माग्नुस चुनाबी अभियानलाइ सक्रिय बनाउनुस र गठबन्धनलाई जिताउनुस । ‘

यस अघिका तुलसीपुरका मेयरले स्मार्ट सिटीका धेरै कुराहरु उठाएपनि कुनै काम गर्न नसकेको र उल्टै उपमहानगरपालकालाई खोक्रो बनाउने काम गरेको आरोप लगाए । अहिले हरेक जिल्लामा गठबन्धनको सरकारले विकासको लहर फैलाएको र दाङमा मात्रै ४ अर्वको बजेट बिनियोजन गरेको चौधरीले बताए ।

‘हामी केपी वलि जस्तो झुठो बोल्न जान्दैनौ,हामीलाई घर–घरमा पानी जहाज पुराउनु छैन,हरेक किसानको खेत खेतमा पानी पुराउन आएका हौँ,चौधरीले भने,बोल्ने मात्र होइन हामिले गरेर पनि देखाउछौ ।’ विगतमा पनि कांग्रेसले नै गाउँ–गाउमा लाल्टीन–टुकी बालेर बिकासको सुरुवात गरेको बताउँदै चौधरीले भोज–भत्यार गरेर जनतालाइ झुक्याउने विकासका काम गर्न नसक्ने धारणा राखे ।


त्यस अवसरमा नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य जगप्रसाद शर्मा (अपार)ले संविधानको रक्षा,स्थिरता र समृद्धिका लागि संयुक्त गठबन्धनको नारालाई आत्मसात गर्दै प्रतिगमनलाई सदाका निम्ति परास्त गर्न गठबन्धनका उम्मेदवारलाई जिताउनुपर्ने बताए ।

लुम्बिनी प्रदेशका सासद शकर गिरिले गठबन्धन रहर नभएर राष्ट्रिय आवश्यकता रहेको बताए । उनले भने,‘गठबन्धन रहर होइन यो राष्ट्रिय आवश्यकता हो यसले अप्ठ्यारो पारेको छ,तर पनि केपिले जित्नु भनेको राष्ट्र विघटन गर्नु हो,देशले हार्नु हुदैन गठबन्धनले जित्नु पर्छ ।’

त्यस्तै नेपाली काग्रेस दाङका सभापति शकर प्रसाद डाँगीले विगतका कमि कमजोरीलाई सच्याएर दाङका
३ वटा क्षेत्रका उम्मेदवारलाई जिताउन अपिल गरे ।

नेकपा माओवादी केन्द्रका केन्द्रिय सल्लाहकार समितिका सल्लाहाकार शेशुराम भण्डारीले एकढिक्का भएर चुनाबी कार्यक्रमलाइ अगाडी बढाउन र दाङलाई गठबन्धन मय बनाउन कार्यकर्तालाई आग्रह गरे ।


त्यस अवसरमा एकीकृत समाजबादी पार्टीका केन्द्रिय सदस्य अनारकलि मिया,दाङ क्षेत्र नं. ३ का सभापति जगत बहादुर खडका,काग्रेस नेता केशब आचार्य ,नेकपा माओबादी केन्द्रका राम बहादुर दहित लगाएतले बिगतका तिक्ततालाई बिसेर जानूको बिकल्प नरहेको बताए ।

राष्ट्रिय जनमोर्चाका स्यामलाल पोख्रेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण नेकपा माओवादी केन्द्रका शकर भटट्राईले गरेका थिए ।

प्रकाशित मिति : २०७९ असोज ३१ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *