२०८२ मङ्सिर १९ गते शुक्रवार

दाङमा बिभिन्न सडक खण्ड अबरुद्ध


तुलसीपुर, असोज २१ । पूर्व पश्चिम राजमार्ग अन्तरगत जिल्लाको बिभिन्न ठाउँमा पहिरो झरेका कारण गनतब्यमा हिडेका यात्रु बाटो नै थुनिएका छन् ।

राप्ती गाउँपालिकाको भालुवाङ बजारदेखि पाँच किलोमिटर पश्चिम कालाकाँटेमा ठूलो पहिरो खसेको छ । उक्त क्षेत्र गढवा गाउँपालिका वडा नं. १ अन्तरगत पर्ने गर्छ ।

पहिरो पंछाउने प्रयास बिहानै देखि जारी रहेको तथा दर्जनौं सवारी साधनमा सवार सयौं यात्रु अलपत्र परेको जिल्ला प्रहरी प्रबक्ता गौतमले बताए ।
त्यस्तै पूर्व पश्चिम राजमार्ग अन्तरगत लमही नगरपालिका क्षेत्रको च्याउखोलामा पहिरो संगै रुख ढलेर सडक खण्ड अबरुद्ध भएको हुँदा त्यो पंछाउने प्रयास जारी रहेको प्रहरीले बताएको छ ।

राप्ती गाउँपालिकाको भालुवाङ बजारदेखि उत्तर प्यूठान जिल्ला जोड्ने सडक खण्डपनि पहिरोका कारण बिहानैदेखि अबरुद्ध छ ।

भालुवाङ बजारदेखि ६ किलोमिटर उत्तर राप्ती गाउँपालिकाको कावासोती क्षेत्रमा ठूलो पहिरो झरेका कारण पंछाउन मुस्किल भइरहेको प्रहरीले जानकारी दिएको छ ।

त्यस्तै लमहीदेखि गढवा हुँदै कोइलाबास जाने सडक खण्डपनि बाढी पहिरोका कारण अबरुद्ध भएको छ ।

राप्ती नदी लगाएत स्थानीय खोलामा आएको बाढीका कारण सडक खण्डमा बाढी पसेको हुँदा यातायात ठप्प बन्न पुगेको छ ।

प्रहरी प्रबक्ता गौतमका अनुसार डुवानमा परेको देउखुरी क्षेत्रमा जान भनेर हिडेका जिल्ला प्रहरी प्रमुख एसपी बीरबहादुर वली र प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी दिउँसो साढे २ बजेसम्मपनि पहिरोका कारण सडक खण्डमै रोकिनु परेको जानकारी दिए ।

घोराही – लमही सडक खण्डको मुसोट खोला भन्दा केही पर ठूलो पहिरो झरेको छ । त्यो बाहेक अरु ठाउँमा पनि पहिरो झरेको हुँदा सडक खण्ड अबरुद्ध रहेको छ ।

शुक्रबार दिउँसो झरेको पहिरोको कारण राप्ती राजमार्ग अन्तरगत तुलसीपुर – अमेलिया सडक खण्डपनि अबरुद्ध भएको छ ।

सडक खण्डको भञ्ज्याङमा पहिरो झरेको हुँदा पहिरो पंछाउने प्रयासका लागि इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्ल घटनास्थलमा खटिएका छन् ।

त्यस्तै घोराही बजारदेखि उत्तर रोल्पा जिल्ला जोड्ने शहिद मार्गपनि पहिरोको कारण अबरुद्ध बनेको छ । दाङ–रोल्पा सीमाना क्षेत्रमा पहिरो झरेका कारण शहिद मार्ग अबरुद्ध बनेको हो ।

लगातार बर्षासंगै परेको चट्याङ लागेर दिउँसो लमही नगरपालिका वडा नं. २ मा बिमला चौधरी अचेत बनेपछि खबर पछि उद्धार गरि अस्पताल पु¥याइएको प्रहरीले बताएको छ ।

पूर्व पश्चिम राजमार्ग अबरुद्ध हुँदा कपिलबस्तु हुँदै दाङ र बाँकेको नेपालगञ्ज वा बर्दिया तर्फ आवात जावात गर्ने यात्रु मात्रै नभइ बिरामीसमेत सडकमै अलपत्र परेका छन् ।

बाँके, बर्दिया, सुर्खेत लगाएतका क्षेत्रबाट दाङ प्रबेश गर्ने राप्ती राजमार्गको अमेलिया बजार हुँदै तुलसीपुर सडक खण्डपनि अबरुद्ध हुनु र पूर्वपश्चिम राजमार्ग हुँदै लमहीदेखि घोराही जाने सडक खण्डपनि पहिरोका कारण अबरुद्ध हुँदा दशैंमा आवात जावात गर्ने सर्वसाधारण यात्रुले सास्ति खेप्नु परेको छ ।

यी बाहेक लमही–गढवा–कोईलाबास, भालुवाङ–प्यूठान–पूर्वपश्चिम राजमार्ग अन्तरगत अमेलिया–लमही–भालुवाङ हुँदै कपिलबस्तु तगा त्यताबाट आवात जावत गर्न चाहाने यात्रुपनि पहिरोका कारण सडकमै रोकिन परेको छ ।

पहिरोका कारण दाङ संग पहाडी जिल्लाहरुको सम्पर्क बिच्छेद हुँदा समस्या उत्पन्न भएको छ ।

राजमार्गदेखि पहाडी जिल्ला जाने बाटोमा मात्रै नभई दाङ जिल्लाकै आन्तरिक बजार जोड्ने सडक खण्डहरु पनि अबरुद्ध हुँदा जिल्लाकै लाइफ लाइन लगभग ठप्प बन्न पुगेको छ ।

बुधबारको बाढीमा परि तुलसीपुरम एक र घोराहीमा एक जनाको मृत्यु भएको छ । थप एक जना बाढीमा बगेर बेपत्ता छन् ।

प्रकाशित मिति : २०७९ असोज २१ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *