सल्यान कपुरकोट ५ मा झरेको पहिरो । तस्बिर – सञ्तोष घर्ती ।
दाङ, असोज २१ । सल्यानको कपुरकोटमा भिषण पहिरो गएको छ ।
जिल्लाको कपुरकोट गाउँपालिका वडा नं. ५ सल्लाममा चार घर पहिरोले पुरेको हुन सक्ने स्थानीयले आशंका गरेका छन् ।
कपुरकोटका पत्रकार सञ्तोष घर्तीले देबकली बुढासहित चार परिवारको घर पहिरोले पुरेको जानकारी दिए ।
इलाका प्रहरी कार्यालय कपुरकोटबाट प्रहरी घटनास्थल पुगेको छ ।
घटनास्थल पुगेका प्रहरीले कति घर पहिरोले पुरेको छ भनेर अझैं एकीनका साथ भन्न नसकिने बताए ।
जिल्ला प्रहरी प्रमुख डिएसपी दामोदर केसीले कपुरकोटमा पहिरोले घर पुरेको खबर आए लगतै घटनास्थलमा इप्रका कपुरकोटबाट प्रहरी खटाइएको जानकारी दिए ।
उनले यो खबर तयार पार्दासम्म मानविय क्षतिको बिवरण प्राप्त भइ नसकेको जानकारी दिए ।
पहिरो झर्ने संभावनाका कारण स्थानीयले बिहानै घर छोडेर सुरक्षित स्थानमा गएको भन्ने सूचना पाएको उनले बताए ।
