२०८१ साउन ५ गते शनिवार

दाङमा मोटरसाइकल दुर्घटनमा सशस्त्र प्रहरीका हवल्दार र सहायक हवल्दारको मृत्यु

तुलसीपुर, असोज २२ । मोटरसाइकल दुर्घटनामा परि दाङमा दुई जना सशस्त्र प्रहरीको मृत्यु भएको छ । मृतक एक जना सशस्त्र प्रहरी हवल्दार र अर्का सहायक हवल्दार दर हुन ।

सशस्त्र प्रहरी बल ज्वालामाइ गण २९ भालुवाङ दाङमा कार्यरत राप्ती गाउँपालिका वडा नं. ६ लठ्ठवाका ३६ बर्षीय सुलेश चौधरी र लमही नगरपालिका वडा नं. १ का ३५ बर्षीय लाहानु चौधरीको दुर्घटनामा परि मृत्यु भएको छ ।

गणका प्रमुख एसपी बिनोद केसीले सुलेश सशस्त्र प्रहरी हवल्दार र लाहानु ससस्त्र प्रहरी सहायक हवल्दार पदमा कार्यरत रहेको फरककोणलाई बताए ।

एसपी केसीका अनुहार बाढीमा डुवानमा परेका सर्वसाधारणको उद्धारमा खटिएका उनीहरु गणतर्फ फर्किने क्रममा चिफ्लोबाटोका कारण मोटरसाइकल अनियन्त्रित भइ दुर्घटनामा परेको जानकारी दिए ।

पूर्व पश्चिम राजमार्ग अन्तरगत पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको लु ४० प ४९२२ नम्बरको मोटरसाइकल राति दश बजेतिर राप्ती गाउँपालिका वडा नं. ३ मसुरियामा अनियन्त्रित भएर दुर्घटनामा परेको जिल्ला प्रहरी प्रबक्ता गौतमले जानकारी दिए ।

प्रकाशित मिति : २०७९ असोज २२ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *