२०८२ मङ्सिर २३ गते मङ्गलवार

तुलसीपुर, घोराही र लमहीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना


तुलसीपुर, असोज २१ । निर्वाचन प्रयोजनका लागि दाङमा एकै दिन तीन स्थानमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरि जिल्लाको तुलसीपुर, घोराही र लमहीमा बिहीबार एकै साथ निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।

तुलसीपुर र लमहीमा निर्वाचन अधिकृतको कार्यालय र घोराहीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

जस्मा निर्वाचन क्षेत्र नं. ३ अन्तरगत डोलनाथ न्यौपाने, मुख्य निर्वाचन अधिकृतमा न्यायाधीश कृपासुर कार्की र निर्वाचन क्षेत्र नं. १ मा निर्वाचन अधिकृको जिम्मेवारी मानबहादुर विष्टलाई तोकिएको छ ।

निर्वाचन क्षेत्र नम्बर २ को जिम्मेवारी न्यायाधीश कार्कीलाई तोकिएको छ ।

यसअघि नै निर्वाचन आयोगले असोज १५ गतेदेखि २० गतेसम्म निर्वाचन अधिकृतको कार्यालय स्थापना गरि सक्न निर्देशन दिएको थियो ।

सोही अनुरुप निर्वाचन क्षेत्र १ को लमहीमा, निर्वाचन क्षेत्र नं. २ को घोराहीमा र निर्वाचन क्षेत्र नं. ३ को तुलसीपुरमा निर्वाचन प्रयोजनका लागि कार्यालय स्थापना गरिएका हुन ।

यही आगामी २३ गते यिनै कार्यालयहरुमा उम्मेदवारहरुले मनोनयन दर्ता गर्ने छन् । त्यो बाहेक निर्वाचन सम्बन्धित सम्पूर्ण कार्य यिनै कार्यालयहरुमा गरिने छ ।

प्रकाशित मिति : २०७९ असोज २१ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *