तुलसीपुर,असोज १० । दाङको तुलसीपुरमा झण्डै एक करोडको लगानीमा रिद्धि सिद्धि गहना पसल संचालनमा आएको छ ।
घटस्थापनाको अवसर पारेर तेस्रो शाखा संचालनमा ल्याएको प्रोपाईटर मिनराज वलीले जानकारी दिए ।
शाखाको सोमवार तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसे र तुलसीपुर चेम्बर अफ कमर्सका अध्यक्ष टोपबहादुर घर्तीले संयुक्त रुपमा उद्घाटन गरेका हुन ।
सुन जस्तो बहुमुल्य धातुको गुणस्तरीयतामा कुनै कमि हुन नदिएका कारण अत्याधिक ग्राहकको विश्वास र मायाले तेस्रो शाखा संचालनमा ल्याउन सफल भएको वलीले बताए ।
रिद्धि सिद्धिको पहिलो शाखा विपी चोक, दोस्रो शाखा नारायणपुर र तेस्रो शाखा पुरानो बाणिज्य बैंक नजिकै रहेको छ ।
उक्त पसलमा अर्डर अनुसारका गरगहनाहरु गराउने गरिएको छ ।
प्रकाशित मिति : २०७९ असोज १० गते सोमवार