२०७९ मङ्सिर १६ गते शुक्रवार

स्वर्गीय नेता खुमबहादुर खड्काको नयाँ शालिक निर्माण पुरा

हमालले वाचा पुरा गरे

तुलसीपुर, असोज ७ । नेपाली काँग्रेसका स्वर्गिय नेता खुमबहादुर खड्काको नयाँ शालिक निर्माण कार्य पुरा भएको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नं.६ स्थित क्षेत्रीय पार्टी कार्यालयमा पूर्व गृहमन्त्रीसमेत रहेका स्वर्गिय नेता खड्काको नयाँ निर्मित शालिक अर्कौ साता पुर्नंस्थापना गरिने भएको छ ।

काँग्रेस तुलसीपुर नगर समितिले क्षेत्रीय पार्टी कार्यालय परिशरमा संस्थापक नेता बिपी कोइराला, लौह पुरुष गणेशमान सिंह श्रेष्ठ, बिकास प्रेमी र निर्भिक नेता खड्काको शालिक स्थापना गरिएको थियो ।

ती शालिकहरुको भदौ १० गते नगर समितिले आयोजना गरेको तीज मिलन कार्यक्रमका अबशरमा अनाबरण गरिएको थियो ।

तर, नेता खड्काको शालिक नमिलेको तथा अनुहारमा कालो पोतिएको भनेर समाचार प्रकासित भएपछि काँग्रेस नगर सभापति सुरेश हमालले एक महिना भित्रै नेता खड्काको नयाँ शालिक निर्माण गर्ने वाचा गरेका थिए ।

नगर सभापति हमालले भनेकै समयमा आँफुले गरेको वाचा पुरा गरेका छन् । हमालले ब्यक्तिगत ४० हजार लगानीमा दाङका नेता खड्काको शालिक निर्माण गर्न लगाएको भएपनि कालिगढको कमजोरीका कारण शालिक नमिलेको भन्दै कतिपयले आलोचना गरेका थिए ।

त्यसपछि लगतै नगरसभापति हमालले महिना दिन भित्रै नयाँ शालिक निर्माण गर्ने वाचा गरेका गरेका थिए । महिना दिनको समय सीमा तोकेपनि हमालले त्यसपूर्व नै शालिक निर्माणको काम पुरा गरेका छन् ।

स्वर्गिय नेता खड्काको नयाँ शालिक काठमाडौंमा निर्माण गरिएको जानकारी दिइएको छ । अहिलेको शालिक पहिलेको भन्दा दोब्बर बढी खर्च गरि निर्माण गरिएको सभापति हमालले जानकारी दिएका छन् ।

नयाँ शालिक बनाउँदा ९० हजार खर्च लागेको हमालले फरककोणलाई जानकारी दिएका छन् । नयाँ निर्मित शालिक सोमबारसम्म तुलसीपुर आइपुग्न सक्ने हमालले बताए ।

‘अहिलेको शालिक दुरुस्तै बनेको छ,’ हमालले भने ‘ शालिक सकभर दशैं अगाडि नै पुर्नंस्थापना गरि सक्ने लक्ष्य छ ।’

स्वर्गिय नेता खड्कासंग बिगतमा आफ्नो निकट सम्बन्ध रहेको हुँदा सम्मानका लागि ब्यक्तिगत लगानीमा शालिक निर्माण गरेको नगर सभापति हमालले बताउँदै आएका छन् ।

‘ बिगतमा उहाँसंग मेरो निकट संबन्ध थियो,’ उनले भने ‘ उहाँले पार्टी संगठन निर्माण तथा बिकाश निर्माणमा गरेको योगदानको कदर स्वरुप मेरो ब्यक्तिगत लगानीमा शालिक निर्माण गर्न लगाएको थिए।’

आँफुले स्वर्गिय खड्का प्रतिको सम्मानका लागि स्वच्छ भावनाले ब्यक्तिगत लगानीमा शालिक निर्माण गरेको भएपनि कालीगढका कारण आलोचना खेप्नु परेको भन्दै त्यसमा आफ्नो कमजोरी नरहेको भन्दै त्यसलाई सहज रुपमा स्वीकार गर्न नगर सभापति हमालले आग्रह गर्दै आएका थिए ।

नगर सभापतिमा निर्वाचित भएपछि हमालको नेतृत्वमा बर्ष दिन नपुग्दै क्षेत्रीय पार्टी कार्यालय चिरिच्याट्ट पारिएको छ ।

क्षेत्रीय पार्टी कार्यालयले काँचुली फेरेको भन्दै धेरै काँग्रेस जनले हमाललाई धन्यबाद ज्ञापन गर्दै आएका छन् ।

प्रकाशित मिति : २०७९ असोज ७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published.