२०८१ साउन ९ गते बुधवार

काँग्रेस क्षेत्रीय प्रबक्ता चौधरीले लगाए मानबहादुर रावतमाथि अभद्र ब्यबहार गरेको आरोप

तुलसीपुर, असोज ७ । नेपाली काँग्रेस क्षेत्र नं. ३ का सभापति जगतबहादुर खड्काले नेकपा एमालेका नेता तथा तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ का वडाध्यक्ष मानबहादुर रावतमाथि कारबाहीको माग गरेका छन् ।


काँग्रेसका क्षेत्रीय प्रबक्ता सञ्तोष चौधरीमाथि नेकपा एमालेका नेतासमेत रहेका वडाध्यक्ष रावतले असोज १ गते अभद्र ब्यबहार गरेको भन्दै क्षेत्रीय सभापति खड्काले शुक्रबार बिज्ञप्तिमार्फत कारबाहीको माग गरेका छन् ।


असोज १ गते बिहान साढे ७ बजे उरहरी गाउँमा पानीको नाला खोल्ने बिषयमा अध्यक्ष रावतले समन्वयकारी भूमिका निर्वाह गर्नुपर्नेमा उल्टै अपशब्द प्रयोग गर्दै, गाली गलौज गर्नुको साथै हातखुट्टा भाँचीदिन्छु भन्ने धम्कीपूर्ण भाषा प्रयोग गरेको भन्दै अध्यक्ष रावतमाथि कारबाहीको माग गरिएको छ ।


काँग्रेस क्षेत्रीय कार्यसमितिको बिहीबार बसेको कार्यसमिति बैठकले अध्यक्ष रावतले गरेको ब्यबहारप्रति खेद प्रकट गर्दै दोषी वडाध्यक्षमाथि कारबाही गर्न तुलसीपुर उपमहानगरपालिकाको ध्यानाकर्षण समेत गराइएको बिज्ञप्तिमा उल्लेख छ ।
एक हप्ता भित्र वडाध्यक्षमाथि कारबाही नभए पार्टीले स्वएंम कारबाहीगर्न बाध्य हुने चेतावनी दिइएको छ ।

बिज्ञप्तिको अन्त्यमा फेरि यस्ता घटना नदोह¥याउन आग्रह गर्दै वडाध्यक्ष रावतलाई पदयि दायित्वमा रहेर कार्यसम्पादन गर्न आग्रहपनि गरेको छ ।
मानिसका घर डुब्दा उहाँले निकाश नदिएपछि नाला खोलिएको हो – अध्यक्ष रावत
वडाध्यक्ष रावतले भने अबिरल बर्षापछि असोज १ गते पानीको भेल अरु गाउँलेका घरमा पस्न थालेपछि नाला खोल्न आग्रह गर्दा काँग्रेस नेता चौधरीले अबरोध गरेको नाला खोलिएको भएपनि अभद्र ब्यबहार गरेको भन्नु सही नभएको बताए ।


फरककोणसंग कुरा गर्दै अध्यक्ष रावतले सानो कुरालाई ठूलो नबनाउन तथा राजनीति नगर्न आग्रह गरे । ‘ त्यहाँ करिब दूई मानिसहरु भेला हुनु भएको थियो,’ उनले भने ‘ मैले उहाँलाई अभद्र ब्यबहार गरेको भए उपस्थित अन्यलाई सोध्दा हुन्छ ।’


बिपद आइपर्दा सबैले मिलेर काम गर्नु पर्ने समयमा चौधरी स्वएंमले नाला खोल्न नदिएर अबरोध सृजना गरेपछि तुलसीपुर नगरको जेसिबीले गाउँलेको घरमा पानीको भल पस्न नदिन नाला मात्रै खोलिएको दाबी गरे ।


‘ मेरो आफ्नै गाउँमा समस्या पर्दा तत्काल गर्नुपर्ने काम मात्रै मैले गरेको हो,’ उनले भने ‘ त्यसलाई राजनीतिक मुद्दा बनाएर म माथि प्रहार गर्न खोज्नु ठिक होइन ।’


उनले काँग्रेस नेता चौधरीलाई आँफुले ब्यक्तिगत कारणले नभइ समाजको हितको लागि संझाउन खोजेपनि नमानेपछि नाला खोलेको हुँदा त्यसका कुनै राजनीतिक पूर्वाग्रह नराख्न आग्रह पनि गरे ।

प्रकाशित मिति : २०७९ असोज ७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *