२०८१ बैशाख १२ गते बुधवार

तुलसीपुर वडा नं. १८ लाई बालश्रम मुक्त वडा घोषणा गरिने

तुलसीपुर,असोज ६ । तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ लाई बालश्रम मुक्त वडा घोषणा गरिने भएको छ ।

विगत लामो समय देखि नै वडा भित्र बालश्रमीकहरुको अध्ययन पछि वडालाई बालश्रम मुक्त घोषणा गर्न लागिएको हो ।

वडाले बिहिवार पत्रकार सम्मेलन गरि बालश्रम मुक्त वडा घोषणाको तयारी पुरा भएको जानकारी दिएको छ । नेपालको संविधान र विभिन्न ऐनहरुमा बालबालिकाको हक,हितको व्यवस्था गरिएकाले त्यसको कार्यान्वयन गर्दै वडालाई बाल श्रम मुक्त घोषणा गर्न लागिएको वडाध्यक्ष माधव वलिले बताए ।

उनका अनुसार पहिलो चरणमा घर–घरमा पुगेर तथ्यांक संकलन गरिएको थियो । तथ्याङक सकंलनका क्रममा वडामा ३२ जना बाल श्रमिक भेटिएपनि सम्बधित सारेकारवालासगं छलफल गर्दा केही आफन्तकोमा बसेर पढ्ने गरेको पाईएको थियो ।

त्यस मध्ये बुबाआमा नभएका १० जना बालबालिकालाई भने वडा र टोल विकास संस्थाले जिम्मा लिने गरि आफन्तलाई नै जिम्मा दिइएको वलिले बताए ।

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका महिला बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख माया श्रेष्ठले २०८५ सम्म देशलाई बालश्रम मुक्त घोषणा गर्ने लक्ष्य राखेकोले तुलसीपुरले पनि सोही अनुसार अभियानलाई तिब्र बनाएको बताए ।

उनले तुलसीपुरलाई बालश्रम मुक्त पालिका बनाउन विभिन्न वडाहरुले तयारी थालेको र वडा नं. १६ र १७ ले केही समयभित्र बालश्रम मुक्त वडा घोषणाको तयारी गरेको बताए ।

पत्रकार सम्मेलनको सहजीकरण वडा सचिव रामकुमारी मरासिनीले गरेकी थिइन । तुलसीपुरमा हालसम्म वडा नं. ६,२ र १ वडा बालश्रम मुक्त वडा घोषणा गरेका छन ।

प्रकाशित मिति : २०७९ असोज ६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *