२०८२ असार १ गते सोमवार

नयाँ बसपार्कमा अटोको छुट्टै पार्किङ

तुलसीपुर, असोज ४ । दाङ तुलसीपुरको नयाँ बस पार्क क्षेत्रमा अटो ब्यबस्थापनको काम सुरु भएको छ । अटो ब्यबस्थापनका लागि तुलसीपुर उपमहानगरपालिकाले एक लाख बराबरको रङ किनिदिएको छ ।

ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी बरिष्ठ नायव निरीक्षक उत्तमकुमार जिसीले तुलसीपुर बसपार्कको अस्तब्यस्त पार्किङलाई मार्किङ गरि ब्यबस्थित गर्ने कार्यको सूरुवात मंगलबारदेखि सुरु भएको बताए ।


तुलसीपुर बसपार्क क्षेत्रमा अटो पार्किङका लागि निश्चित क्षेत्र निर्धारण गर्न मार्किङको काम सुरु भएको भन्दै लगतै बजार भर अटो पार्किङका लागि मार्किङ सुरु हुने प्रहरी हवल्दार डिल्ली आचार्यले फरककोणलाई बताए ।

मनपरी अटो पार्किङले बसपार्कको शोभा घटाएको गुनासो पछि बसपार्क ब्यबस्थित गरि सुन्दर बनाउन अटोको लागि छुट्टै पार्किङको ब्यबस्था गर्न लागिएको मार्किङका क्रममा बसपार्कमा फेला परेका तुलसीपुर ५ का वडाध्यक्ष बीरेन्द्रकुमार शाहले बताए ।
त्यसक्रममा वडा सदस्य भिम केसी र तुलसीपुर उद्योग बाणिज्य संघका कोषाध्यक्ष देवबहादुर केसीपनि पुगेका थिए । बस पार्कमा अटोका लागि पार्किङ स्थल निर्धारण गरि सकेपछि तुलसीपुरको ‘क’ लाइन लगाएतका स्थानमा मार्किङको काम सुरु गरिने प्रहरी हवल्दार आचार्यले बताए ।

तस्विर ः फरककोण ।

प्रकाशित मिति : २०७९ असोज ४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *