२०८२ असार ७ गते आइतवार

बिमल रिजाल,डा.किशोर खत्री र टोपबहादुर घर्तीलाई समाजसेवा पदक

तुलसीपुर,असोज ३ । तुलसीपुरका तीन जना ब्यक्तिलाई प्रदेश सरकारले समाजसेवा पदक प्रदान गर्ने निर्णय गरेको छ ।


संबिधान दिवसको अवसरमा प्रदेश सरकारले समाजसेवा पदकबाट तुलसीपुरका प्रतिष्ठिन ब्यबसायी, सामाजिक अभियान्ता तथा नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि बिमल रिजाल प्रदान गर्ने घोषणा गरेको छ ।


विभिन्न सघं संस्थाहरुमा आबद्ध रहि देश र जनताको सेवा गरेको साथै ग्रिन तुलसीपुर,क्लिन तुलसीपुर अभियानमा नेतृत्वदायी भूमिका निर्वाह गरेका कारण रिजाललाई पदक प्रदान गरिएको हो ।


त्यस्तै तुलसीपुरमा तुलसी बाल हस्पिटल प्राली संचालन गर्दै आएका बालरोग विषेशज्ञ डा.किशोर खत्रीलाई समाज सेवा पदक प्रदान गर्ने निर्णय सरकारले गरेको छ ।

विभिन्न्न ग्रामिण क्षेत्रहरुमा विभिन्न घुम्ति शिविर सञ्चालन गरि बालबालिकाको स्वास्थ्य सेवा सुधारमा महत्वपूर्ण भूमिका बहन गरेको हुँदा डा. खत्रीलाई उक्त पदक प्रदान गर्न थालिएको हो ।

त्यस्तै नेकपा एमालेका नेता तथा तुलसीपुर चेम्बर अफ कमर्शका अध्यक्ष टोपबहादुर घर्तीलाई पनि समाजसेवा पदक प्रदान गर्ने निर्णय सरकारले गरेको छ ।


विभिन्न सघं सस्थामा आवद्ध रुही उनले पनि समाजमा योगदान पु¥याएको भन्दै समाजसेवा पदक प्रदान गर्न थालिएको हो ।


संविधान दिवशको अवसरमा घोषणा गरिएका पदक प्रदेश स्थापना दिवसका अबसरमा प्रदान गरिने भएको छ ।

प्रकाशित मिति : २०७९ असोज ३ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *