२०८२ जेष्ठ ११ गते शुक्रवार

दलहरु आज समानुपातिक तर्फको बन्दसूची बुझाउँदै


काठमाडौं, असोज ३। दलहरूले आज प्रतिनिधि सभा र प्रदेश सभा समानुपातिकतर्फ उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाउँदै छन् ।

आयोगले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि आइतबार र सोमबारका लागि बन्दसूची बुझाउन समय दिएको छ।

सोही अनुसार नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा, लोसपा, राप्रपालगायत दलले आयोगमा बन्दसूची बुझाउने तयारी गरेका छन् ।

प्रतिनिधि सभातर्फ नेपाल समावेशी पार्टी र तराई मधेश लोकतान्त्रिक पार्टीले मात्रै आइतबार बन्दसूची बुझाएका थिए।

नेपाली कांग्रेसले समानुपातिक उम्मेदवारको अझैं अन्तिम टुँगो लगाएको छैन । माओवादीले महासचिव देव गुरूङको नेतृत्वमा कार्यदल गठन गरेको छ ।

त्यस्तै सचिवालय बैठक मार्फत एमालेले आइतबार प्रतिनिधि सभातर्फ ११० र प्रदेश सभातर्फ २२० जना समानुपातिक उम्मेदवार छनौट गरी बन्दसूची तयार गरेको थियो।

प्रकाशित मिति : २०७९ असोज ३ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *