२०८१ साउन ६ गते आइतवार

निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीको नमुना मतपत्र सार्वजनिक गर्‍यो

काठमाण्डौ ,भदौ ३१ । निर्वाचन आयोगले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीको नमुना मतपत्र सार्वजनिक गरेको छ।

शुक्रबार आयोगले आफ्नो वेबसाइटमार्फत नमुना मतपत्र सार्वजनिक गरेको हो। आगामी मंसिर ४ गते एकै चरणमा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन हुँदैछ।

त्यसको लागि आयोगले समानुपातिक निर्वाचन प्रणालीको नमुना मतपत्र सार्वजनिक गरेको हो।

आयोगले प्रतिनिधि सभाको र प्रदेश सभाको छुट्टै सार्वजनिक गरेको हो। यस्तै सात वटा प्रदेशको पनि छुट्टाछुट्टै मतपत्र सार्वजनिक गरेको हो।

प्रकाशित मिति : २०७९ भाद्र ३१ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *