अर्घाखाँची ,भदौ ३१ । अर्घाखाँचीको सन्धिखर्क–६ नरपानीमा पहिरो गएपछि गोरुसिङ्गे–सन्धिखर्क सडक आज बिहानदेखि बन्द भएको छ ।
नरपानीको दहखोला नजिकै सडकमाथिबाट पहिरो खसेको छ ।
पहिरोले सडक बन्द भएको र खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक कृष्ण घिमिरेले जानकारी दिए ।
सडक बन्द हुँदा सन्धिखर्कबाट छुट्ने तथा बाहिरबाट सन्धिखर्क भित्रिने गाडी तथा यात्रु बीचबाटोमै रोकिएका छन् ।
प्रकाशित मिति : २०७९ भाद्र ३१ गते शुक्रवार