२०८१ साउन ६ गते आइतवार

रिहारको कर्मठ महिला सहकारी देशकै उत्कष्ट, पायो ३ लाख पुररुकार

पार्वती बस्नेत, भैरहवा, भदौ ३० । दाङको एक सहकारी संस्था देशकै उत्कृष्ट सहकारीका रुपमा पुरस्कृत भएको छ ।
दाङ लमही नगरपालिका रिहारको कर्मठ सामाजिक उधमी महिला सहकारी संस्था लिमिटेड राष्ट्रिय स्वर्णिम प्रतिभा पुरस्कार बाट बिहीबार पुरस्कृत भएको हो ।
रुपन्नेहीको भैरहवा भएको कार्यक्रममा सहकारीलाई नगद तीन लाख पुरस्कार प्रदान गरिएको हो ।
लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचन र पूर्बमन्त्री गोकर्ण बिष्टले सहकारीकी अध्यक्ष देबीमाया थापालाई सम्मान तथा पुरस्कृत गरेका थिए ।

देशभर बाट उत्कृष्ट सहकारी भएको कर्मठ सहकारीको नेतृत्व ७५ बर्षीया थापाले गर्दै आएकी छन् ।
सहकारीले गर्दै आएको कामको मुल्यांकन गरी हेफर प्रोजेक्ट नेपालले राष्ट्रिय स्वर्णिम प्रतिभा पुरस्कार प्रदान गर्दै आएको छ ।

हेफर इन्टरनेशनल नेपाल र ग्रामीण महिला उत्थान केन्द्र दाङको साझेदारीमा २०६८ साल मंसिर २२ गते साना किसान उधमी सुदृढीकरण परियोजना अन्तर्गत समुह बनाएर कर्मठ सहकारी सुरु भएको थियो ।
२०७० कार्तिक १४ गते सहकारी दर्ता पछि समुहमा हस्तान्तरण भएको थियो ।
त्यसपछि पशु बस्तुको मूल्य सृंखलामा आधारित साना किसानहरुको संस्था सबलिकरण परियोजना अन्तर्गत काम गर्दै आएको छ ।
२५ जना सदस्य बाट सुरु भएको सहकारीमा हाल १३३५ जना शेयर सदस्यहरु पुगेका छन् ।

चार करोड कुल पूँजी रहेको कर्मठ सहकारीले ५ जना कर्मचारी राखेको छ । जस्ले बर्षेनी दुई हजार बढी खसी बाख्रा बिक्री गर्दै आएको छ ।
सहकारी बाटै पशुको स्वास्थ उपचार, बिमा सेवा, घाँसको बिउबिजन उपलब्धता, रासायनिक मलको बिक्री बितरण गर्दै आएको छ ।

प्रकाशित मिति : २०७९ भाद्र ३० गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *