प्रमोद आचार्य , राप्ती, भदौ २८ । दाङ, रोल्पा, प्युठान, बाँके र बर्दियाका १३ वटा गाउँ पालिका प्रमुखहरुले एउटै थलोमा भेला भएर छलफल गरेका छन् ।
प्रदेश राजधानीको केन्द्र दाङको राप्ती गाउँपालिकाको भालुबाङमा त्यस्तो छलफल सोमबार भएको हो ।
जहाँ उनीहरुले गाउँ रनगर सभा संचालन , सभा संचालन गर्ने विधि र प्रक्रिया सम्बन्धि सैद्धान्तिक तथा व्यवहारिक अभ्यास बारे उनीहरुले छलफल गरेका थिए ।
गाउँपालिकाले आ–आफ्नै शैली र प्रक्रिया बाट गाउँ सभा संचालन गर्दै आएकोमा एकरुपता दिन गाउँपालिका महासंघले कानुन ,नियम विधि प्रक्रिया बारे सैद्धान्तिक र ब्याबहारिक अभ्यास गराएको थियो ।
आइतबार बाट सुरु भइ दुई दिनसम्म चलेको कार्यशालामा गाउँपालिका अध्यक्ष ,उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतहरुको सहभागीता थियो ।
कार्यशालामा संघीयतामा स्थानीय सरकारको भूमिका , दायित्व , काम कर्तव्य अधिकार ,संबैधानिक तथा कानुनी ब्यबस्था ,गाउँ सभा संचालन प्रक्रिया , संघीयता र नेपालको संविधान ,स्थानीय सरकारका अंगहरुको बारेमा गाउँपालिका राष्ट्रिय महासंघका निर्देशक राजेन्द्र प्याकुरेलले प्रशिक्षण दिएका थिए ।
त्यस्तै स्थानीय सभा संचालनको विधि र प्रक्रिया, सभाको कार्यक्रम तथा कार्यतालिका ,स्थानिय सभाको बैठक प्रणालिबारे सचिवालयका अधिकृत संझना सुबेदीले प्रशिक्षण दिएकी थिइन ।
कार्यशालाको पहिलो दिनमा गाउँ सभा संचालनको विधि, प्रक्रिया र गाउँपालिकाले गर्दै आएको अभ्यास बारे छलफल तथा अन्तरक्रिया भएको थियो ।
समापन अबसरमा राप्ती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेबबहादुर वलीले तालिमले आफुहरुमा भएका दुबिधाहरु हटाउने काम गरेको बताएका थिए ।
कार्यक्रमको सहजीकरण लुम्बिनी र गण्डकी प्रदेशका समन्वय अधिकृत रबिन गौतमले गरेका थिए ।