तुलसीपुर,भदौ २७ । तुलसीपुर उपमहानगरपालिका वडा न. ९ स्थित दोघरेमा बन समुहको संस्थागत क्षमता आकंलन कार्यशाला गोष्ठी भएको छ ।
अमृतपुर सामाजिक उधमी सहकारी सस्थाको आयोजना तथा एफ.एफ.डि. फिनल्यान्ड सस्थाको सहयोगमा सोमवार भएको गोष्ठीमा तुलसीपुर उपमहानगरपालिका वडा न. ३÷८÷९ वडा भित्रका १० वटा सामुदायिक बन सहकारीका पदाधिकारी,उपभोक्ताहरु सहभागीता थिए ।
गोष्ठीमा सहकारी संस्थाका कार्यक्रम सयोजक बिद्याराज कडेंलले सहकारी संस्थाले सञ्चालन गरेका कार्यक्रमहरु,बनहरुको सुशासन र नेतृत्व,मानबिय श्रोत,बित्तिय प्रणाली श्रोत तथा व्यवस्थापन,गुणस्तरीय प्रणाली र ब्यबस्थापन,बाह्य क्षमता क्षेत्रमा महिलाहरूको सहभागीता,बाह्य समन्वय तथा पैरवी,जलबायु परिवर्तनको क्षेत्रको जानकारी सुचनाको बारेमा प्रशिक्षण दिएका थिए ।
त्यस अवसरमा एफ.एफ.डि.फिनल्यान्ड सस्थाका कार्यक्रम अधिकृत जेनिओ म्यानले संस्थाले यहि भदौको २३ देखि २५ गतेसम्म उत्कृष्ट सामुदायीक बनका उपभोक्ताहरुलाइ चितवनका विभिन्न सामुदायिक बन,मत्स्छे बिकास अनुसन्धान केन्द्र,सुन्दर दिप माछापालन महिला समूह लगाएतका ठाउँहरुमा गराएको अवलोकन भ्रमण सिकाइ र उपलब्धी बारेमा प्रस्तुती राखेकी थिइन ।
सहकारी संस्थाले एफ.एफ.डि. फिनल्याडसगं २०७० सालदेखी सहकार्य गर्दै काम गरिरहेको छ । त्यस्तै फिनल्याडको महिला उद्यमशिलता तथा उथानशिलतामा महिला कार्यक्रम २०२१ देखि सुरु भएको हो ।
यस कार्यक्रम अन्तरगत भने विशेष गरि सामुदायिक बनका महिलाहरूको क्षमता बिकास आयाआर्जन,उद्यमशिलता,सीप बिकास,बन ब्यबस्थापन प्रक्रिया,जनबायु परिवर्तन र अनुकूलनको क्षेत्रमा काम गर्दै आएको संस्थाका सचिव भुपबहादुर केसीले जानकारी दिए ।
यो कार्यक्रम २०१४ सम्म चल्ने छ । ३ वटा वडाका १० वटा सामुदायीक बनका ४८ घरधुरबाट २२ उपभोक्ताहरु यसमा समाबेश रहेको संस्थाका सल्लाहाकार सोभाकर सापकोटाले जानकारी दिए ।
साथै एफ.एफ.डि.फिनल्यान्ड सस्थाका कार्यक्रम अधिकृत जेनिओ म्यान सस्थाको कार्यक्रम अन्तरर्गत विनिन्न ठाउँहरुमा अनुगमन गरिरहेको संस्थाले जनाएको छ ।