२०८२ जेष्ठ ३० गते शुक्रवार

तुलसीपुरमा पनि बच्चा चोर्ने गिरोह बारे अफवाह

तुलसीपुर, भदौ २७ । तुलसीपुरस्थित हिमाल एकाडमीका शिक्षकले सोमबार बिद्यालयको कक्षा कोठामा बिद्यार्थीलाई संझाए । ‘बच्चा चोर्ने गिरोह छिरेका छन्, नचिनेको नजानेको मानिस संग नजानु दिएको पनि नखानु।’ डुर्मी गाउँस्थित कक्षा ३ सम्म पढाइ हुने बिद्यालयको एउटा ब्लकमा साना बालबालिकालाई शिक्षकले त्यही कुरा भनेको केटाकेटीले घरमा आएर अभिभावकलाई बताएका थिए ।


तुलसीपुर – ६ कै ग्रेट अरनिको बिद्यालयले त झनै बिज्ञप्ती नै प्रकासित गरि बच्चा चोर्ने गिरोह नेपाल प्रबेश गरेको हुँदा साबधानी अपनाउन सार्वजनिक रुपमै अपिल गरेको छ । बिद्यालयका प्रिन्सिपल विष्णुकुमार देवकोटाले त्यस्तो बिज्ञप्ति जारी गरेका छन् । जस्ले समाजमा एक किसिमको भ्रम पैदा गरेको छ । साना बालबालिका भएका अभिभावकमा त्रास ब्याप्त भएको छ ।


आइतबार दिउँसो तिर तुलसीपुरमा घटेको अर्कौ यससंग सम्बन्धित घटना नियालौं । तुलसीपुर उपमहानगरपालिका वडा नं.१५ पहेल्पारमा भारतीय मुलका एक अशक्त महिलालाई स्थानीयले बच्चा चोरी गर्न आएको भन्दै नियन्त्रणमा लिए । उनीमाथि गालीगलौज र सामान्ने कुटपिटपनि भयो ।

त्यसपछि उनीहरुले सोही वडाको कोठरीस्थित प्रहरी चौकीमा ती महिलालाई लगेर बुझाए । त्यो भिडियो सामाजिक सञ्जालमा स्थानीय चौधरी बिष्णु भन्ने ब्यक्तिले पोष्ट गरेका छन् । चौधरीले ती महिलाको अगाडि बच्चा चोर भनेर लेखेका छन् ।


स्थानीयले ती महिलालाई प्रहरी चौकीमा पु¥याएपछि एक प्रहरीले समेत महिला प्रहरी बोलाएर लाठी हान्न लगाएपछि सत्यकुरा खुली हाल्ने बताएका छन् ।


भिडियो सार्वजनिक भएपछि आइतबार राति बुझ्दा जिल्ला प्रहरी प्रबक्ता डिएसपी राजन गौतमले ती महिला मानसिक सन्तुलन ठिन नभएकी र नेपाली बोल्नपनि नजान्ने भएको हुँदा महिला सेलमा राखेर काउन्सिलिङ भइरहेको भन्ने जानकारी दिएका थिए ।


बच्चा चोर्न गिरोह दाङ प्रबेश गरेको भन्ने हल्ला ब्याप्त छ नि र? यस बारे केही सूचना छ ? भनेर सोध्दा – डिएसपी गौतमले त्यो हल्लाहरु आँफुहरुले पनि सुनेपनि त्यो सबै अपवाह मात्रै रहेको स्पष्ट पारे । उनले अफवाह फैलाउने र समाजिक संजालमा त्यस्ताकुराहरु लेख्नेलाई कानुनी दायरामा ल्याउने जानकारी दिए ।


‘ यो सबै हल्ला मात्रै हो,’ उनले भने ‘ अशक्त, कमजोर र दिनदुःखीलाई बच्चा चोरको आरोप लगाउनु गलत हो ।’

प्रकाशित मिति : २०७९ भाद्र २७ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *