तुलसीपुर, २७ भदौ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ रानीजरुवा तर्फ जाने क्रममा ओरालोबाट लडेर घाइते भएका युवकको उपचारका क्रममा मृत्यु भएको छ ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ हात्तीखौवाका २६ वर्षीय सुनिल नेपाली भदौ २४ गते बेलुका ६ बजेतिर पैदल रानीजरुवा तर्फ जाने क्रममा वरालोबाट झन्डै २० मिटर जति तल खसेका थिए ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लका अनुसार नेपालीले मदिरा सेवन गरेको हुँदा सन्तुलन गुमाइ तल खोल्सामा खस्न पुगेका थिए
खबर पाए लगतै प्रहरीले उद्धार गरि नजिकको राप्ती प्रोदशिक अस्पतालमा उपचारका लागि लगेको थियो ।
सोही दिन राति नै नेपालीलाई थप उपचारका लागि बाँके रिफर गरिएको थियो ।
घाइते नेपालीको बाँकेको नेपालगञ्जस्थित नर्सिंङहोममा उपचारका क्रममा सोमबार बिहान साढे ८ बजेतिर मृत्यु भएको भन्ने खबर घर परिवारका सदस्यले दिएको डिएसपी मल्लले जानकारी दिए ।