२०८२ जेष्ठ ४ गते शुक्रवार

अपांगता अध्ययन केन्द्रमा श्रोतको कमी हुने छैन ः मन्त्री चौधरी

तुलसीपुर,भदौ २२ । तुलसीपुर उपमहानगरपालिका वडा न. ७ स्थित माबि कालाखोलामा अपांगता अध्ययन केन्द्र सञ्चालनमा आएको छ ।

केन्द्रको बुधवार लुम्बिनी प्रदेशका पर्यटन,ग्रामिण तथा शहरी विकास मन्त्री डिल्लीबहादुर चौधरीले उद्घाटन गरेका हुन । उद्घाटन पछि सम्बोधन गर्दै मन्त्री चौधरीले अपांगता अध्ययन केन्द्रमा कुनैपनि श्रोतको कमी हुन नदिने प्रतिबद्धता जाहेर गरे ।

‘अपांगता केन्द्रको कानुन बनाएर छिट्ै प्रदेश र संघीय सरकारमा सूचिकृत गर्नुस,’ मन्त्री चौधरीले भने ‘त्यसपछि म श्रोतको कमी हुन नदिने प्रतिबद्धता जाहेर गर्दछु ।’

विद्यालयको भौतिक संरचना निमार्णमा सहयोगी भूमिका खेल्ने उनले बताए । मन्त्री चौधरीले विद्यालय परिसरको बाटो र नजिकैको शिव मन्दिर निमार्णका लागि आवश्यक बजेट बिनियोजन भैसकेको र केही दिनमा काम सुरु हुने जानकारी दिए ।

बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष भरत चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका मेयर टीकाराम खड्काले अपांगता भएका बालबालिकालाई पनि सपांग शरह र सम्मान गर्नुपर्ने र उनीहरुलाई पढाइबाट बन्चित गराउन नहुने धारणा राखेका थिए ।

त्यस्तै उपमेयर स्यानी चौधरीले शिक्षाबाट कोइपनि बालबालिका बन्चित हुन नहुने बताइन । उनले तुलसीपुरका सबै वडाबाट १८ बर्ष मुनिका अपांगता भएका बालबालिकाको सर्वे गरि हरेक बालबालिकाले विद्यालयमा पढ्न पाउनु पर्ने अधिकार स्थापित गराउने बताइन ।

तुलसीपुर अपांगता अध्ययन केन्द्रका ब्यबस्थापक यज्ञ बिकले अपांगता भएका ब्यक्तिलाइ अझैपनि समाजले उपयुक्त माया र सम्मान दिन नसकेको बताए । सबैको साथ सहयोगले मात्रै अपांगता भएका ब्यक्तिहरुको जीवन सहज बन्ने उनले बताए ।

कार्यक्रममा राष्ट्रिय अपांग नेपालका केन्द्रीय सदस्य चिन्तामणि पौडेल,नेपाल दलित सघं लुम्बिनी प्रदेश अध्यक्ष जोगेन्द्र विश्वकर्मा,मानव अधिकार तथा शान्ती समाज दाङका अध्यक्ष नवीन पोखरेल,तुलसीपुर – ७ का अध्यक्ष रामबहादुर जिसी, पूर्व अध्यक्ष टोपबहादुर केसी,नेपाली कांग्रेस वडा न.७ का सभापति ओम वली, जेष्ठ नागरिक समाज अध्यक्ष खुमानन्द अधिकारी,जिल्ला लेखाजोखा समितिका जिबि चिन्तन, छाँया नेपालका प्रमुख सृष्टि सिजवाल, नेपाली कांग्रेसका नेता जगत थापा लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।

विद्यालयका प्रध्यानाध्यापक राजिब ओझाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण बिद्यालयका सहायक प्रधायाध्यापक छवि न्यौपानेले गरेका थिए ।

२०४१ सालमा सञ्चालन भएको बिद्यालयमा हाल कक्षा १२ सम्म अध्यापन भैरहेको छ भने ८ सय बढी बिद्यार्थी अध्ययनरत छन । त्यस्तै अपांगता अध्ययन केन्द्रमा भने शारीरिक अपागता भएका १२ जना बालबालिका छन ।


साथै त्यस अवसरमा विद्यालयका अक्षकोषदाता स्व.पुष्कर न्यौपानेकी श्रीमती कमला न्यौपानेले चामल चिनि लगाएतका खाद्यान्न सामाग्री हस्तान्तरण गरेकी थिइन ।

प्रकाशित मिति : २०७९ भाद्र २२ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *