२०८२ असार ६ गते शनिवार

५ बर्ष जेल तोकिएका युवक पक्राउ

तुलसीपुर , भदौ १९ । बलात्कार मुद्दाका पाँच बर्ष जेल सजाए तोकिएका एक युवक पक्राउ परेका छन् ।


शान्तिनगर गाउँपालिका वडा नं.१ का ३६ बर्षीय देबहादुर डाँगीलाई प्रहरीले आइतबार पक्राउ गरेको जानकारी दिएको छ ।


दाङ जिल्ला अदालतले २०६६ साल फागुन १२ गते डाँगीलाई बलात्कार मुद्दामा पाँच बर्ष कैद सजायको फैसला सुनाएको थियो ।

अदालतको फैसला पछि डाँगी फरार रहँदै आएको जिल्ला प्रहरी प्रबक्ता डिएसपी राजनकुमार गौतमले बताए ।


पक्राउ पछि डाँगीलाई जिल्ला अदालतमा उपस्थित गराइएको र अदालतको आदेशले तोकिएको सजाय भुक्तानका लागि कारागार चलान गरिएको छ ।

प्रकाशित मिति : २०७९ भाद्र २० गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *