तुलसीपुर, भदौ १८ । नेकपा एमालेले दाङका तीनवटै निर्वाचन क्षेत्रमा प्रत्यक्ष तर्फ प्रतिनिधि सभा सदस्य पदका उम्मेदवारको नाम सिफारिस गरेको छ ।
उस्ले निर्वाचन क्षेत्र नं. १ मा प्रतिनिधिसभास सदस्य पदका लागि तीन जनाको नाम सिफारिस गरेको छ । नेतृहरु शान्ता चौधरी, गंगा चौधरी र रेवतीरमण शर्माको नाम सिफारिस गरिएको छ । दाङ क्षेत्र नं.२ बाट एमाले महासचिव शंकर पोखरेलको नाम एकल रुपमा सिफारिस गरिएको जिल्ला सचिव मनोहर बुसढाथोकीले जानकारी दिए ।
२०७४ सालको निर्वाचनमा पोखरेल निर्वाचन क्षेत्र नं. २ (क) बाट निर्वाचित भएका थिए । यही क्षेत्रबाट यसअघि नै प्रदेश सभा २ ९क० मा बलिभद्रा रानाको नाम एमालेले एकल रुपमा सिफारिस गरिसकेको छ । उनी यसअघि लुम्बिनी प्रदेश निर्माण ब्यबसायी संघका अध्यक्ष थिए ।
त्यस्तै एमालेले दाङको निर्वाचन क्षेत्र नं. ३ बाट तीन जनाको नाम प्रतिनिधिसभा सदस्य पदका लागि सिफारिस गरेको छ ।
एमाले उपाध्यक्ष युवराज ज्ञवालीको नाम एक नम्बरमा सिफारिस गरिएको छ भने तुलसीपुर उपमहानगरपालिकाका यसअघिका मेयर तथा केन्द्रीय सदस्य घनश्याम पाण्डे र केन्द्रीय सदस्य कोमल वलीको नाम तेस्रो नम्बरमा सिफारिस भएको जिल्ला सचिव मनोहर बुढाथोकीले जानकारी दिए ।
जिल्ला सचिव बुढाथोकीले निर्वाचन क्षेत्र नं.२ (ख) र निर्वाचन क्षेत्र नं.३ (क) मा छलफल जारी रहेको बताए । निर्वाचन क्षेत्र नं. १ मा पनि प्रदेशसभा सदस्यका लागि छलफल जारी रहेको उनले बताए ।