२०८२ असार १ गते सोमवार

काँग्रेसले दाङका ३ निर्वाचन क्षेत्रमा प्रदेश सभाका लागि सिफारिसका नामहरु (पुरै लिष्टसहित)


तुलसीपुर, भदौ १७ । नेपाली काँग्रेसले दाङका तीन वटै निर्वाचन क्षेत्रमा प्रदेशसभाका लागि सम्भावित उम्मेदवारहरुको नाम सिफारिस गरेको छ । क्षेत्र नं. १, २ र ३ मध्य कहाँ कस्को नाम सिफारिस भए ?
दाङ क्षेत्र नं. २ प्रदेश (क)

दाङ निर्वाचन क्षेत्र १ प्रदेश (क) को प्रत्यक्ष तर्फ दाङ क्षेत्र नम्बर १ का सभापति भेषराज पान्डेको नाम एक नम्बरमा सिफारिस गरिउको छ ।
त्यसपछि नेताहरु नुमानन्द सुवेदी,लक्ष्मण चौधरीको नाम रहेको छ । त्यस्तै प्रदिपराज शर्माको नामपनि राएसुझाबको लागि क्षेत्रमा सिफारिस गरिएको छ ।
क्षेत्र नं. १ (क) मा पुरुष समानुपातिक तर्फ अनुराग यादब र महिला तर्फ यसोदा चौधरीको नाम को नाम एक नम्बरमा सिफारिस गरिएको छ । त्यस्तै समानुपातिक तर्फ नै लोकराज केसी र श्रीपत चौधरीको नामपनि उपयुक्त उम्मेदवार भन्दै राए पठाइएको छ ।
प्रदेश निर्वाचन क्षेत्र (ख) मा प्रत्यक्ष तर्फ महाधिबेसन प्रतिनिधि जानकीलाल बस्नेतको नाम एक नम्बरमा सिफारिस गरिएको छ । त्यसपछि क्रमश नेता बासुदेव जंगली, महाधिवेशन प्रतिनिधि मधु न्यौपाने, शान्तराज अधिकारी, चुरामणी आचार्य र पवन नेपालीको नाम रहेको छ ।
त्यस्तै समानुपातिक तर्फ महिलामा महाधिवेशन प्रतिनिधि गिरिजादेवी न्यौपानेको नाम एक नम्बरमा सिफारिस गरिएको छ । त्यसपछि लोका विश्वकर्मा, देवका बेलबासे, पवनकुमार यादव, रेशमबहादुर बुढा, खिमा अधिकारीको नाम रहेको छ ।
पुरुष तर्फ माधव चौधरी, ताराप्रसाद नेपाली, गीता चौधरी, घनश्याम सुवेदी, खड्गबहादुर विक र गोपाल नेपालीको नाम सिफारिस गरिएको छ ।

दाङ क्षेत्र नं. २ प्रदेश (क)

प्रदेश सभा अन्तरगत नेता गोपालराज शर्माको नाम प्रत्यक्ष तर्फ एक नम्बरमा सिफारिस गरिएको छ । त्यसपछि क्रमश ः नेताहरु खगराज पाण्डे, पूर्व जिल्ला सचिव कमल किशोर घिमिरे, कमानसिंह भारती, दुर्लभ केसी, दामोदर केसी र कुलराज खनालको नाम सिफारिस गरिएको छ ।
त्यस्तै समानुपातिक सिटको पुरुष तर्फ एक नम्बरमा भूपबहादुर डाँगीको नाम सिफारिस भएको छ । त्यसपछि नेताहरु धुर्वकुमार पुन, महेश श्रेष्ठ, बमबहादुर डिसी, केशब नेपाली, धुर्वकुमार ज्ञवाली, बुझौना चौधरी र देबबहादुर नेपालीको नाम सिफारिस भएको छ ।
यहाँ महिला तर्फ पुष्पा श्रेष्ठ, सुशीला थापा, गिरिजा पोखरेल र लिला नेपालीको नाम सिफारिस भएको छ ।

त्यस्तै निर्वाचन क्षेत्र नं. २ (ख)मा अभियान बस्नेतको नाम एक नम्बरमा सिफारिस गरिएको छ । उनी क्षेत्र नं. २ (ख) का सभापति हुन ।
त्यसपछि नेताहरु श्याम रेग्मी, प्रचण्ड बिक्रम न्यौंपाने, कुमोदराज शर्मा, दीपक न्यौंपाने, चित्रबहादुर डाँगी र हिमबहादुर डाँगीको नाम सिफारिसमा परेको छ ।
त्यस्तै समानुपातिक तर्फ पुरुषमा पृथ्बी चौधरी, तुलसी राना, गोबिन्दप्रशाद न्यौंपाने, बिष्णुमणि धिताल, दिनेश नेपाली, चन्द्रप्रशाद चौधरी (क) र चन्द्रप्रशाद चौधरी (ख) को नाम सिफारिस गरिएको छ ।
त्यस्तै महिला तर्फ जानुका केसी, खुमा रावत, बालिका लम्साल, कृष्णा बिसी, टीका डाँगी, मुक्ति बादी, पुष्पा बादी, निर्मला न्यौंपाने र उषा चौधरीको नाम सिफारिस गरिएको छ ।

दाङ क्षेत्र नं. ३ (क)

प्रदेशसभा क्षेत्र नम्बर ३ (क) का लागि प्रत्यक्षतर्फ ८ जना र समानुपातिकतर्फ १९ जनाको नाम सिफारिस गरिएको छ ।
प्रदेश क्षेत्र नं. ३ (क) का सभापति देवेन्द्र रिजालले प्रत्यक्षतर्फ प्रदेश ग्रामिण तथा पर्यटन मन्त्री डिल्लीबहादुर चौधरीको नाम एक नम्बरमा सिफारिस गरिएको जानकारी दिए ।
त्यसपछि प्रदेशका समानुपातिक सांसद शंकर गिरी, ३ (क) का सभापति देवेन्द्र रिजाल, पूर्व क्षेत्रीय सभापति टोपबहादुर केसी, पूर्व तुलसीपुर नगरसभापति किरण शाह, महाधिबेशन प्रतिनिधि डा. नहकुल केसी, महाधिबेशन प्रतिनिधि तथा नेविसंघका पूर्व केन्द्रीय सदस्य युवराज खड्का र नेता एकराज आचार्यको नाम सिफारिस गरिएको छ ।

समानुपातिकमा पुरुषतर्फ दलित संघका लुम्बिनी प्रदेश अध्यक्ष जोगेन्द्र विश्वकर्मा, नेता कृष्णकुमार गिरी, नेविसंघका नेता ऋषिराज लहरे (अरुण), नेविसंघका पूर्व केन्द्रीय उपाध्यक्ष प्रदिप खड्का, काँग्रेसका पूर्व जिल्ला सचिव टेकबहादुर वली, नेता चेतबहादुर सेर्पाइली, नेता सुरेन्द्रबहादुर खड्का, सामुदायिक रेडियो प्रशारक संघ अको¥याबका अध्यक्ष अर्जुन गिरी, नेता मदनराज धिताल, नेता लिलाधर लम्साल, नेता देवीप्रसाद हलवाई र नेता दलबहादुर विकको नाम सिफारिस गरिएको छ ।

त्यस्तै महिलातर्फ समानुपातिकमा नेतृहरु शुष्मा गिरी, देवा डाँगी, चित्रा गिरी, कविता शर्मा, केवलापति चौधरी, यमुना कँडेल शाह र अर्चना रेग्मीको नाम सिफारिस गरिएको निर्वाचन क्षेत्र नं. ३ (क) का सभापति देबेन्द्र रिजालले जानकारी दिए ।

त्यस्तै प्रदेशसभा क्षेत्र नम्बर ३ (ख) मा प्रत्यक्षतर्फ ७ जना र समानुपातिकतर्फ ९ जनाको नाम सिफारिस गरिएको छ ।
३ (ख)का सभापति खिमबहादुर वलीले प्रत्यक्षतर्फ एक नम्बरमा जिल्ला पार्टी सभापति शंकरप्रशाद डाँगीको नाम सिफारिस गरिएको जानकारी दिए ।
त्यसपछि क्रमश नेता केशबराज आचार्य, नेपाल तरुण दल दाङका अध्यक्ष टीकाराम घर्ती, नेताहरु खिमप्रशाद खराल, होमप्रकाश गौतम, सुबोध डाँगी र चुडामणि ढकालको नाम सिफारिस गरिएको छ ।
यो निर्वाचन क्षेत्रबाट समानुपातिकमा पुरुषतर्फ दाङ निर्वाचन क्षेत्र नं. ३ का सभापति जगतबहादुर खड्काको नाम एक नम्बरमा सिफारिसमा गरिएको छ । त्यसपछि नेताहरु महादेब शाह,भरतबहादुर केसी र मधु चौधरीको नाम सिफारिस गरिएको छ ।
महिलातर्फ समानुपातिकमा नेतृहरु मिथिला शाह, पदमा चौधरी, पार्वती पुन, कुन्ती डिसी भण्डारी र तारा भण्डारीको नाम सिफारिस गरिएको छ ।

प्रकाशित मिति : २०७९ भाद्र १८ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *