तुलसीपुर, भदौ १७ । दाङको अमेलियामा शुक्रबार बेलुकी भएको बस दुर्घटना हुँदा १६ यात्रु घाइते भएका छन् ।
घाइते सबैलाई उपचारका लागि बाँकेस्थित कोहलपुर मेडिकलमा उपचारका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । घाइते अधिकाँसको अवस्था सामान्ने रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनाका घाइते मध्य अधिकाँस बाँके र बर्दियाका सर्वसाधारण रहेका छन् ।
पूर्व पश्चिम राजमार्ग अन्तरगत नारायणघाटबाट बर्दिया तर्फ जाँदै गरेको ना ६ ख ९६७९ नम्बरको बस लमही नगरपालिका वडा नं. शिबखोलामा बेलुका साढे ४ बजेतिर दुर्घटना हुँदा यात्रारत ३० यात्रु मध्य १६ जना घाइते भएका हुन ।
चालक र सहचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उनीहरुले एक्कासी बसको ब्रेक फेल भएपछि दुर्घटना भएको प्रहरी समक्ष बयान गरेका छन् ।
प्रकाशित मिति : २०७९ भाद्र १७ गते शुक्रवार