२०८२ असार ५ गते शुक्रवार

गौरीगाउँको कुलोले बगाएर गौलौराकी भण्डारीको मृत्यु

तुलसीपुर, भदौ १६ । तुलसीपुरमा गौरीगाउँको कुलोले बगाएर गौलाराकी एक महिलाको मृत्यु भएको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. १० को गौरीगाउँले कुलोले बगाएर तुलसीपुर – ६ गोलौरा गाउँकी ४७ बर्षीया सीता बस्नेत भण्डारीको बिहीबार बेलुका मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लका अनुसार पंचमीको व्रत सकेर बेलुका घर तर्फ फर्किदै गरेकी भण्डारी घर जाने क्रममा गौरीगाउँले कुलोको लप्कोमा चिफ्लिएर कुलोमा खेसेकी थिइन ।

साडी लगाएकी भण्डारीलाई वरिपरी सिमेन्टेड पक्की नहर भएको कुलोको बहाडले लपेटेपछि उनी उठ्न नसकेको अनुमान प्रहरीको छ ।

बगेको ठाउँदेखि झन्डै एक किलोमिटर दक्षिणमा भण्डारीलाई उद्धार गरि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल पु¥याएको केही बेरमै चिकित्सकले मृत घोषणा गरेका थिए ।

गौरीगाउँले कुलोमा पातुखोलाको ठूलो पानीको प्रवाह हुने गरेको छ । पछिल्लो केही दिन यता तुलसीपुर क्षेत्रमा निरन्तर बर्षा भइ रहेको हुँदा पातुखोलोमा पानीको बहाब बढेको छ ।

गौरीगाउँले कुलो पातुखोलाको उद्गमस्थलबाट सिंचाइका लागि पानी डो¥याउने तुलसीपुर क्षेत्रको एक प्रमुख कुलो हो ।

प्रकाशित मिति : २०७९ भाद्र १६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *