तुलसीपुर भदौ १४ । तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले हिन्दु नारीहरुको महान् पर्व हरितालिका तीजका अवसरमा शुभकामना व्यक्त गरेका छन ।
हरितालिका तीज पर्वले पारिवारिक सुख,शान्ति , समृद्घिको शुभकामना व्यक्त गरेका हुन । एक सनातन पर्वका रुपमा मनाउँदै आएको पर्वले नेपालीहरुका बीचमा अनेकतामा एकता ,धार्मिक सद्भाव कायम गरोस् भन्ने नगरप्रमुख खड्काले शुभकामना व्यक्त गरे ।
साथै उनले यस पर्वको मौलिकता कायम राख्दै खर्चिलो र भड्किलोरुपमा नमनाउन सम्पूर्ण महिला दिदी बहिनीहरुमा आग्रह गरे ।
हरितालिका तीजले समाजमा विद्यमान लैगिंक विभेद,जातीय विभेद अन्त्य गर्दै प्रगतिशील,सम्मुन्नत समाजको निर्माण गर्नमा सहयोग पु¥याओस् भन्ने शुभकामना व्यक्त गरे ।
प्रकाशित मिति : २०७९ भाद्र १४ गते मङ्गलवार