दाङ, भदौ १२ । रुकुम पश्चिममा खोलाले बगाउँदा एक जेष्ट नागरिक बेपत्ता भएका छन् ।
सानी भेरी गाउँपालिका वडा नं.३ गुमानेका ७० बर्षीय बलजित गुरुङलाई स्थानीय देउता खोलाको बाढीले आइतबार दिउँसो सवा १२ बजेतिर बगाउँदा बेपत्ता भएका छन् ।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार गुमानेबाट पेदीबजार तर्फ जाने क्रममा गुरुङलाई खोलाले बगाएको थियो ।
देउता खोलाको नजिकै दक्षिणमा सानी भेरी पर्छ । गुरुङलाई खोलाको बाढीले सानी भेरीमा पु¥याएको आशंकाका साथ खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ ।
प्रकाशित मिति : २०७९ भाद्र १२ गते आइतवार