२०८१ चैत्र १३ गते बुधवार

जेसिज सप्ताह सम्पन्न

युवाकाे नेतृत्व र ब्यक्तित्व विकासकाे विश्व विद्यालय रहेकाे चर्चा

तुलसीपुर, भदौ ११ । तुलसीपुर नगर जेसिजले अायाेजना गरेकाे जेसिज सप्ताह २०२२ सम्पन्न भएको छ ।

तुलसीपुर जेसीजका अध्यक्ष केशबराज केसिको अध्यक्षता तथा महिला अधिकारकर्मी सुस्मा गिरिको प्रमुख आतिथ्यतामा सप्ताह ब्यापी कार्यक्रम सम्पन्न भएको हो ।

जेसीज अभियान युवाहरुकाे नेतृत्व र व्यक्तित्व विकासकाे विश्व विद्यालय भएको चर्चा गरिएको छ ।

हरितालिका तिजसंग जाेडेर जेसीज सप्ताहकाे समापन गरिएको हाे । त्यस अबसरमा सम्बोधन गर्दै प्रमुख अतिथि गिरीले
तिज आत्मा बिस्वासको प्रतीक रहेको बताउदै तिजलाइ भडकिलो नबनाउन अपिल गरिन ।

कार्यक्रम नेपाल जेसिजका रास्ट्रिय उपाध्यक्ष नेत्रलाल भट्टाराई, अखिल नेपाल शिक्षक संगठनका केन्द्रिय सदस्य निर्मला डाँगी, नेपाली कांग्रेस तुलसीपुर नगरका सभापति सुरेश हमाल, तुलसीपुर उद्योग वाणिज्य संघ का पूर्व अध्यक्ष विमल रिजाल, सेन्टर माबी तुलसीपुरका प्रधानाध्यापक भागवत पौडेल, नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य नारायणी रजौरे, दाङ महिला जेसिजका सारदा घर्ती लगायतकाले जेसीजले रचनात्मक तथा उर्जाशिल काम गरेर समाज रुपान्तरणमा याेगदान पुर्‍याएकाे भन्दै प्रशंसा गरे ।

तिज मिलन कार्यक्रमका कार्यक्रम संयोजक कमलप्रकाश शर्माकाे स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा कार्यकारिणी उपाध्यक्ष सन्दिप भुसालले आस्थापाठ बाचन गरेका थिए ।

त्यस अबसरमा जेसिज सप्ताहका मुल सयोजकमा कार्यकारी उपाध्यक्ष चुरामनी कडेलले साता ब्यापी कार्यक्रमका बारेमा प्रष्ट पारेका थिए ।

जेसिजको साता ब्यापी कार्यक्रम अन्तरगत भएको फुटसल प्रतियोगितामा तुलसीपुरका २१ वटा विद्यालयकाे सहभागीता रहेको थियो ।

प्रतियोगितामा माबी सेन्टर प्रथम भएको छ ।
प्रथम हुने माबी सेन्टरले ३५ हजार नगद सहित प्रमाण पत्र मेडल, कप प्रदान गरिएको छ ।

त्यस्तै प्रतियोगितामा गाेरखा माबि दितीय भएको छ । उसले १५ हजार नगद सहित प्रमाणपत्र, मेडल र कप प्राप्त गरेकाे छ ।

कार्यक्रमकाे सहजिकरण महासचिव पूर्णविक्रम डाँगीले गरेका थिए ।

प्रकाशित मिति : २०७९ भाद्र ११ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *