२०८२ असार ९ गते मङ्गलवार

गठवन्धन अहिलेको आवश्यकता ः केन्द्रिय सदस्य गिरी

तुलसीपुर, भदौ १० । नेपाली काँग्रेसका केन्द्रिय सदस्य दिपक गिरीले गठवन्धन अहिलको आवश्यकता भएको बताएका छन ।

नेपाली काँग्रेस तुलसीपुर नगर कार्यसमितिले शुक्रवार तुलसीपुरमा आयोजना गरेको भवन उद्घाटन,सालिक अनावरण,सम्मान तथा तिज मिलन कार्यक्रमलाई सम्बाधेन गर्दै गिरीले यस्तो बताएका हुन ।

उनले काँग्रेस एक्लै चुनावमा लड्ने लागत राखे पनि अहिलको आवश्यकता गठवन्धन भएको भन्दै गठवन्धनको पक्षमा लाग्नु पर्ने बताए । संविधानको रक्षा र प्राप्त उपलब्धीे गुम्न नदिन पनि अहिले सरकारमा भएका दलहरुविच सहमति सहकार्य आवश्यक रहेको उनले तर्क गरे ।


गिरीले केन्द्रबाट नै गठवन्धन गरेर जाने निर्णय भएको भन्दै अव सवैले उक्त निर्णय मानुपर्ने बताए । ‘पार्टीले उचित ठानेर नै सभापतिज्यूले यो निर्णय गर्नुभएको छ अब सवैले यसलाई इमान्दारीका साथ मान्नु पर्छ उनले भने ।’

नेपाली काँग्रेस प्रतिपक्षमा हँुदा हुदै पनि गलत निर्णय र सरकारमा हुँदा देखाएको हर्कतले गर्दा काँग्रेसले सत्ताको नेतृत्व गरेको उनले बताए । ‘नेपाली जनता र देशको विकास र निकास दिने काँग्रेसनै हो तपाईहरुले सवै देखि सक्नु भएको छ उनले भने, । उनले अघिल्लो निर्वाचनमा जनतालाई झुक्काए जस्तै अब भने झुकाउन नसक्ने बताए ।


पूर्व सिँचाई मन्त्री समेत रहेको गिरीले दाङको सिँचाई बाटो पुल पुलेसा देखि सवै विकासको नेतृत्व काँग्रेसले गरेको बताए । उनले ऐतिहासीक टरिगाउँ एयरपोट, यहाँको बाटो घाटो तथा विकास नभएका कुराहरुको विकास काँग्रेसले गर्ने बताए ।

‘फोरल्याड सडक किन बनेन सवैलाई थाहा छ ,अनि अहिले मलको अभाव कसका कारणले भएको हो सवै थाहा छ त्यसैले सवैले यो वारे वेलैमा विचार गर्नु पर्छ उनले भने ।’

त्यसैगरी केन्द्रिय सदस्य गिरीले नेपाली काँग्रेस तुलसीपुर नगरसमितिका सभापति सुरेश हमालको नेतृत्वको टिमले पार्टी कार्यालय देखि विभिन्न काम गरेको भन्दै निर्वाचनको समयमा गरेका कुराहरु पुरा गरेको बताए । उनले सभापति हमालसंगै सबै पदाधिकारीहरुलाई धन्यवाद दिए । ‘आज सहिद परिवारलाई सम्मान, काँग्रेसका महान नेताहरुको शालिक अनावरण र भवनको उद्घाटन गरि इतिहासीक कार्य गर्नुभएको छ सवैलाई धन्यवाद छ उनले भने ।’


नेपाली कांग्रेसका नगर सभापति सुरेश हमालको अध्यक्षता भएको कार्यक्रममा नेपाली काँग्रेस लुम्विनी प्रदेशका उपसभापति राजु खनालले काँग्रेसलाई विजय बनाउ सवै लाग्नु पर्ने बताए । उनले काँग्रेसल ेनै देशको विकास निकास दिने भन्दै मंसिर ४ गतेलाई मध्यनजर गरि अगाडी बढनु पर्ने बताए ।


कार्यक्रममा जिल्ला सभापति शंकर डाँगी, संविधान सभा सदस्य वुद्धिराम भण्डारी , काँग्रेस नेता केशव आचार्य, लुम्विनी प्रदेश प्रदेश सभा सदस्य शंकर गिरी, नेपाली काँग्रेस क्षेत्र नं. ३ का सभापति जगतबहादुर खड्का, नेता जोगेन्द्र विश्वकर्मा, टोपबहादुर केसी, टिका घर्ती, तेजबहादुर कार्की, प्रमोद बस्नेत, मुक्ति न्यौपाने, काँग्रेस नेतृ सुष्मा गिरी लामिछाने, देविका नेपाली, सुसिला सुवेदी,ओम वली लगायतले काँग्रेस एक भएर अवको निर्वाचनमा जसले टिकट पाए पनि लाग्नु पर्ने बताए ।


त्यसैविच नवनिर्मित भवनको उद्घाटन तथा पार्टी कार्यालय परिसरमा महामानव विपी कोइराला, गणेशमान सिंह र काँग्रेसका नेता खुमबहादुर खड्काको शालिक अनावर गरिएको छ । करिव ४६ लाख लागतमा निर्माण भएको विपी स्मृति सभाहल र शालिकको अनावर केन्द्रिय सदस्य, प्रदेश सभा सदस्य र पार्टि सभापतिले गरेका हुन् ।

भवन निर्माण समितिका संयोजक तथा नगर उपसभापति विनिल केसीको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रममा कोषाध्यक्ष प्रितम कुमार श्रेष्ठले भवनको आयव्य प्रस्तुत गरेका थिए ।


उक्त कार्यक्रममा बोल्दै नगरसभापति हमालले सवैका साथ र सहयोगले भवन निर्माण भएको बताएका थिए । उनले आफुहरुले चुनावमा गरेका प्रतिवद्धताहरु पुरा गर्ने बताए ।

उनले चराको पनि गुडहुने र आफुले पार्टि कार्यालय र एउटा व्यवस्थीत सभाहल बनाउने परिकल्पना निर्वाचनको समयमा गरेका थिए । कार्यक्रममा जग्गा दाताहरु, सहिद परिवार,भवन निर्माणमा सहयोग गर्ने विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

उक्त कार्यक्रमको सहजिकरण सचिव विमल पौडेल र सुसिल वलीले गरेका थिए ।

तस्विर ः शरद रेग्मी ।

प्रकाशित मिति : २०७९ भाद्र १० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *