२०८२ असार ६ गते शनिवार

अवरुद्ध दाङ–सल्यान सडक साढे नौ घण्टा पछि सुचारु

तुलसीपुर, १० भदौ । राप्ती राजमार्गमा यातायात सुचारु भएको छ ।

दाङ–सल्यान सडक खण्ड अन्तगर्त तुलसीपुर–३ साततलेमा पहिरो जाँदा अवरुद्ध सडक पहिरो हटाएपछि संचालनमा आएको हो ।

गएरातिदेखि परेको अविरल वर्षाका कारण शुक्रबार बिहान ६ बजेतिर साततलेमा पहिरो गएपछि सडक अवरुद्ध भएको थियो ।

अबरुद्ध सडक साढे नौ घण्टा पछि सञ्चालनमा आएको अस्थायी प्रहरी पोष्ट गोटीखोलाका प्रहरी निरिक्षक गिर बहादुर थापाले जानकारी दिए ।

उनका अनुसार एक तर्फी सडक साढे १ बजेबाट खुले पनि दुई तर्फी सडक भने साढे ३ बजेबाट खुलेको हो ।

अवरुद्ध सडक सञ्चालन भएपछि बिचबाटोमै रोकिएका सवारी साधन गन्तव्यमा हिडेका छन् ।

प्रकाशित मिति : २०७९ भाद्र १० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *