२०८२ बैशाख ११ गते बुधवार

डेंगु जोखिम कायमै, महिना दिनमै १७ सय बढीमा संक्रमण

काठमाडौं,भदौ १० । पछिल्लो नौं महिनामा करिब २४ सय जनामा डेंगु संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य सेवा विभाग इपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार देशभरि २३ सय ७० जनामा डेंगु संक्रमण पुष्टि भएको हो।

जसअन्तर्गत् सबैभन्दा धेरै बागमति प्रदेशमा १३३०, लुम्बीनी प्रदेशमा ६३३ र प्रदेश नम्बर १ मा १७४ जनामा संक्रमण देखिएको हो। पछिल्लो एक महिनाको अवधिमा मात्रै १७०१ जनामा डेंगु संक्रमण देखिएको छ।

संक्रमण पुष्टि भएकामध्ये अधिकांश उपचार गरेर घर फर्किएका छन्। केहीको भने उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

संक्रमण देखिएकामध्ये ललितपुरमा ७५१, रुपन्देहीमा ३६१, काठमाडौंमा ३०१, धादिङमा ७३, तेह्रथुममा ६५, सिन्धुलीमा ५९, भक्तपुरमा ४९, अर्घाखाँचीमा ४६ जना रहेका छन्।

इपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा। चुमनलाल दासले वर्षातको समयमा लामखुट्टे सक्रिय रहने भएकाले यसबाट जोगिनुपर्ने बताए। उनले अन्नपूर्णसँग भने, ‘डेंगुबाट बच्न टायर, खाल्डा खुल्डीमा पानी जम्मा हुन दिनु भएन। रोकथामका लागि स्थानीय निकाय, प्रदेश र जिल्लामा बजेट पठाइएको छ। जनचेतनाको कार्यक्रम भइरहेका छन्। लार्भा वृद्धि हुने ठाउँ नष्ट गर्न ‘खोज र मार’ अभियान सञ्चालन भइरहेको छ।’

इपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग नियन्त्रण शाखा प्रमुख डा। गोकर्ण दाहालका अनुसार डेंगु जोखिम कायमै रहेको छ। उनले वर्षातको मौसम अझै रहेकाले सतर्कता अपनाउनुपर्ने बताए। ुहामीलाई हालसम्म ६९ जिल्लाबाट डेंगुको रिपोर्ट प्राप्त भएको छ। यो अन्य जिल्लामा पनि हुनसक्छ। डेंगुको जोखिम अझै नटरेकाले सबैले सतर्कता अपनाउनुपर्ने देखिन्छ,ु उनले अन्नपूर्णसँग भने।

उनले डेंगु लागेका सबैमा लक्षण नदेखिने बताए। ‘डेंगु लागेका १०० मध्ये २० देखि २५ जनामा मात्रै लक्षण देखिनसक्छ। बाँकीमा लक्षण देखिँदैन। उनीहरु अरुलाई सार्नका लागि भने सक्रिय हुन्छन्,’ दाहालले भने।

चिकित्सकहरुका अनुसार डेंगी ’एडीस एजिप्टी’ र ’एडीस एल्बोपिक्टस्’ प्रजातिका लामखुट्टेहरुको टोकाइबाट सर्छ। त्यसैले यसबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुपर्छ।

लक्षणहरु

-एक्कासि ज्वरो आउने

-टाउको, मांसपेशी तथा जोर्नी दुख्ने

-थकान महसुस हुने

– वाकवाकी लाग्ने वा बान्ता हुने

-आफ्नो दैनिकी, खानपान वा अन्य कामकुरामा रुची नलाग्ने

– लामखुट्टेबाट जोगिने र लामखुट्टे नियन्त्रणका उपाय

-पूरा बाहुला भएको लुगा लगाउने

-झुल भित्र मात्र सुत्ने

– घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने

-घर, कार्यालय, विद्यालय वा सार्वजनिक क्षेत्रमा पानी जम्न नदिने

-खाल्डाखुल्डी पुर्ने र खानेपानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने

-साझँ र विहान करेशाबारीमा जाँदा, घर बाहिर टहलिँदा, वा पार्कमा जाँदा र बालबालिकालाई लैजाँदा लामखुट्टेले नटोकोस भनेर विशेष सावधानी अपनाउने

-गमलाको प्लेट, फूल दानी, कुलर आदिको पानी कम्तीमा हप्ताको एक पटक फेर्ने ।

-पानी जम्मा गर्ने भाँडालाई लामखुट्टे छिर्न नसक्ने गरी छोप्ने

कसरी बच्ने ?

– पुरा बाहुला भएको लुगा लगाउने

-झुल भित्रमात्र सुत्ने

– घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने

-घर, कार्यालय, विद्यालय वा सार्वजनिक क्षेत्रमा पानी जम्न नदिने

-खाल्डाखुल्डी पुर्ने र खानेपानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने

-गमलाको प्लेट, फूल दानी, कुलर आदिको पानी कम्तीमा हप्ताको एक पटक फेर्ने

-पानी जम्मा गर्ने भाडालाई लामखुट्टे छिर्न नसक्ने गरी छोप्ने साँझ र विहान करेशाबारीमा जाँदा, घर बाहिर टहलिँदा, वा पार्कमा जाँदा, बालबालिकालाई लैजादा लामखुट्टेले नटोकोस् भनेर विशेष सावधानी अपनाउने

प्रकाशित मिति : २०७९ भाद्र १० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *