२०८१ साउन ९ गते बुधवार

दाङका तीन पालिकाले दिए अट्वारी पर्वमा सार्वजनिक विदा

तुलसीपुर,भदौ १० । दाङका तीन स्थानीय तहले थारु जातिले मनाउदै आएको अट्वारी पर्वको अवसरमा सार्वजनिक विदा दिने भएका छन् ।

स्थानीय विदामा मिलान हुने गरी तुलसीपुर उपमहानगरपालिका, घोराही उपमहानगरपालिका र दंगीशरण गाउँपालिकाले थारु जातिले मनाउदै आएको अट्वारी पर्वको अवसरमा यही भदौ १२ गते सार्र्वजनिक बिदा दिने भएका हुन् ।

हरेक वर्ष कृष्ण जन्मअष्टमी पछिको दोस्रो आइतबार र कुशेऔंसी पछिको पहिलो आइतबार मनाउदै आएको अट्वारी पर्व यस वर्ष १२ गते परेको छ । दाङ जिल्ला थारु समुदायको बाहुल्यता भएको जिल्ला हो । यहाँका थारु समुदायले आफ्नो कला, संस्कृति तथा परम्पराअनुसार चाडपर्व हर्षउल्लासका साथ मनाउने गरेका छन् ।

यसैबिच, तीन स्थानीय तहका प्रमुखले थारु जातिको अट्वारी पर्वको अवसरमा शुभकामना दिदै कला, संस्कृतिको संरक्षणका लागि आफुहरुको साथ सहयोग सधैं रहने बताएका छन् ।

यसैबिच, लुम्बिनी प्रदेशले पनि थारु जातिको अट्वारी पर्वको अवसरमा सार्वजनिक विदा दिने भएको छ । प्रदेशका दाङ, बाँके र बर्दिया जिल्लामा भदौ १२ गते सार्वजनिक विदा दिने भएको हो ।

प्रकाशित मिति : २०७९ भाद्र १० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *