दाङ, भदौ ९ । दाङबाट सरुवा भएर जानलाग्नुभएका प्रहरी उपरिक्षक सुरेश काफ्लेलाई सामुदायिक प्रहरी सेवा केन्द्र दाङले बिदाई गरेको छ ।
१४ महिना भन्दा बढि जिल्ला प्रहरी कार्यालय दाङको प्रमुख भएर जिम्मेवारी पुरा गरेका काफ्लेलाई केन्द्रले बिहीवार घोराहीमा एक कार्यक्रमको आयोजना गरि बिदाई गरेको हो ।
केन्द्रका अध्यक्ष आर.के.शीतलको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रहरी उपरिक्षक काफ्लेले सामुदकयिक प्रहरीले जिल्ला प्रहरी कार्यालयसँगको सहकार्यमा समाजमा अपराध नियन्त्रणकालागी र समाज रुपान्तरणकालागी खेलेको भूमीका प्रशंसायोग्य भएको बताए ।
उनले जिल्लामा एक बर्षभन्दा धेरै अवधी रहदा दंगालीहरुलाई सुरक्षा प्रदान गर्नकलागी लागीपरेको बताउदै यस अवधीमा भएका अपराधिक घटनाका दोषीहरु सबै पक्राउ परेको बताए ।
उनले अपराध नियन्त्रणकालागी र अपराध भईसकेपछि अपराधीहरुलाई पक्राउ गरि कानुनी दायरामा ल्याउन सहयोग गर्ने सम्पूर्णमा धन्यवाद ज्ञापन पनि व्यक्त गरे ।
कार्यक्रममा सामुदायिक प्रहरी सेवा केन्द्रका निवर्तमान अध्यक्ष विष्णु पुन, सल्लाहकार भुपेन्द्र सुवेदी, खड्ग बुढाथोकी, दिपक शर्मा ‘समीर’ लगायतले एसपी काफ्लेले दाङमा रहदा गरेको कार्यको प्रशंसा गर्दै आगामी यात्राको शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रमको सहजीकरण केन्द्रका सचिव केवी घर्तिले गरेका थिए ।