घोराही,भदौ ८ । घोराही उपमहानगरपालिका १७ कर्जाही ड्याममा डुबेर बेपत्ता भएका पुरूषको शव भेटिएको छ ।
सोमवार ड्याममा डुबेका पुरूषको शव ४९ घण्टापछी भेटिएको हो ।
सोमवार बिहान साढे ११ बजेपछि ड्याममा डुबेका सोही ठाँउ खोलिगाँउ टोलका ४० बर्षीय अम्मर चौधरीको शव आज दिउसो करिब साढे १२ बजे फेला परेको हो ।
नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले सोमवारदेखी खोजी गरिरहेको थियो ।
आज बुधवार सशस्त्र प्रहरी बल नेपाल न.२९ गण ज्वालामाई भालुवाङका सशस्त्र प्रहरी सहायक निरिक्षक कमल रेग्मीको नेतृत्वमा रहेको विपत् व्यवस्थापन टोलीले शव फेला पारेको हो ।
ड्याममा रहेका सुकेको रूखको जरासँगै हिलोमा गाडीएको अवश्यामा शव फेला परेको प्रहरीले जानकारी दिएको छ ।
प्रकाशित मिति : २०७९ भाद्र ८ गते बुधवार