तुलसीपुर, भदौ ८ । यातायात ब्यबसायी र मजदुरले मिलेर तुलसीपुरमा एक घन्टा चक्का जाम गरेका छन् ।
बुधबार बिहान ९ देखि १० बजेसम्म तुलसीपुरमा उनीहरुले आफ्ना सवारी साधन सडकमै तेर्छाएर सवारी आवागमन ठप्प पारेका हुन ।
सरकारले रुट परमिटका नाममा झन्डै चर्कौ कर बृद्धि गरेको, जरिवाना रकम बढाएर पाँच हजारसम्म पु¥याएको तथा तुलसीपुर– घोराही चार लेन सडक खण्ड पाँच बर्षसम्म पनि दश प्रतिसत काम नभएको बिरोधमा चाक्का जाम गर्नु परेको चक्का जाममा उत्रिएकाहरुले बताएका थिए ।
नेपाल यातायात राष्ट्रिय महासंघका जिल्ला सचिव घनश्याम बस्नेतले २०७५ सालमा निर्माण सुरु भएको तुलसीपुर – घोराही सडक खण्ड पाँच बर्षसम्म अस्तब्यस्त पारिदा गाडीले दैनिक तीन सय देखि पाँचसम्म बढी तेल खाने गरेको, गाडीमा टुटफूट अत्यधिक बढेको तथा दुर्घटना बढेको हुँदा अबिलम्ब सडक निर्माण गर्नुपर्ने माग गरे ।
सरकारले पछिल्लो समय यातायात कर गुणात्मक रुपमा बृद्धि गर्दा यातायात ब्यबसायी र मजदुर अप्ठेरो अबस्थामा पुगिसकेको भन्दै त्यो कर पहिलेकै यथाबत राख्नु पर्ने माग गरे ।
झन्डै दुई महिना अगाडि सरकारले पहिला एक बर्षका लागि हुने रुट परमिट जाँच पास घटाएर ६ महिनाका झार्नुको साथै सवारी करपनि बढाएको थियो ।
जसको बिरोधमा भदौ १० देखि ११ गतेसम्म यातायात ब्यबस्था कार्यालयमा धर्ना दिने कार्यक्रम तय भएको बस्नेतले जानकारी दिए ।
त्यतिगर्दा पनि सरकारले बेवास्ता गरे भदौ १९ गतेदेखि पूर्ण रुपमा यातायात बन्द गर्ने बस्नेतले बताए ।
तुलसीपुर – घोराही सडक खण्ड अन्तरगत तुलसीपुरमा चक्का जाम गरिदा समयमै कार्यालय जान खोजेका कर्मचारी, बिद्यालय पुग्नु पर्ने बिद्यार्थी समस्यामा परेका देखिन्थे ।