२०८२ असार ५ गते शुक्रवार

बन्दको सदुपयोग – तुलसीपुर बजारमा बृक्षारोपन (फोटो फिचर )

तुलसीपुर, भदौ ७ । बिप्लव नेतृत्वको नेकपा लगाएत चार कम्युनिष्ट घटकले गरेको नेपाल बन्दको अबशर छोपी तुलसीपुरमा बृक्षारोपन गरिएको छ । क्लिन तुलसीपुर ग्रिन तुलसीपुरका अभियान्ता तथा उद्योगी बिमल रिजालको नेतृत्वमा रोट्रयाक क्लब अफ तुलसीपुर सिटीले बृक्षारोपन गरेको हो ।


दुई बर्ष पहिले पनि तुलसीपुरमा रिजालकै आग्रहमा बृक्षारोपन गरिएको थियो । बजार सौन्दर्यकरणका लागि रोपिएका मध्य ती बोट विरुवा मध्य केही बिरुवा मरेको हुँदा ती ठाउँमा बन्दको सदुपयोग गरि मंगलबार बिहान बिक्षारोपन गरिएको क्लबका अध्यक्ष नारायण गौतमले जानकारी दिए ।


तुलसीपुर उपमहानगरपालिकाले उपलब्ध गराएका दुई सय वटा गुलमोहर, कपुर लगाएतका बोट विरुवा रोपिएको अध्यक्ष गौतमले बताए ।

‘तुलसीपुर उद्योग बाणिज्य संघको लाइन हुँदै जहाँ जहाँ बिरुवा मरेका छन् , ती ठाउँमा हामीले बिरुवा रोप्ने छौं,’ उनले भने ‘ बजारलाई हराभरा बनाउन बोट विरुवाले महत्वपूर्ण भूमिका खेल्ने हुँदा सबैले घर अगाडि वा चोकमा रोपेका बिरुवा जोगाउन सहयोगी भूमिका खेल्नु पर्छ भन्ने हामी सन्देशपनि दिदै आएका छौं।’


बोट विरुवा रोप्नका लागि आवश्यक पर्ने गैंती, ब्याल्चा लगाएतका खन्न मिल्ने घरेलु औजारसहित उनीहरु युवाहरुले आँफै खाडल खनेर बोट विरुवा रोपिरहेका थिए । बिरुवा रोपेपछि त्यसको सुरक्षाका लागि भएका ठाउँमा उनीहरुले फलामे एंगलहरु पनि लगाएका थिए ।


बजारमा बिरुवा रोप्न उपयुक्त माटो तथा मलको ब्यबस्थापन अभियान्ता रिजालले गरेका थिए । उनले तुलसीपुर – १३ फूलबारीबाट विरुवा रोप्नका लागि माटो ब्यक्तिगत रुपमा गाडीमा ल्याएको जानकारी दिए ।


बिरुवा लगाउन रोट्रयाक्ट क्लब अफ तुलसीपुरका पूर्ब अध्यक्षहरु हेमराज बस्नेत, सचिन पौडेल, रुपेश शर्मा लगायत खटिएका थिए । मंगलबार बिहानै बिप्लव लगाएत चार दलिय कम्युनिष्ट घटकले गरेको बन्दका कारण तुलसीपुर बजार सुनसान प्राय छ ।

अत्यावश्यक सवारी साधन बाहेक सबै सवारी ठप्प छन् । बजारपनि खुलेको छैन ।

प्रकाशित मिति : २०७९ भाद्र ७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *