२०८१ बैशाख १३ गते बिहिवार

पानीलाई संवृद्धिको आधार बनाउँछौं – उर्जा मन्त्री पुन

राजेश खत्री, झुपु बुढाथोकी,
दाङ,फागुन ९ । उर्जा जलस्रोत तथा सिंचाई मन्त्री बर्षमान पुनले नेपालको जलस्रोतलाई संवृद्धिको आधार बनाउने बताएका छन् ।

विहिवार बबई गाउँपालिका वडा नं. ६ स्थित च्याँटी खोलामा निर्मित कुसुम हापुरे १३२ केभी प्रसारण लाईनको आयोजनाको उद्घाटन गर्दै मन्त्री पुनले अवको तीन वर्ष भित्रमा हरेक नेपालीलाई जलविद्युतको पहुँचमा पु¥याउने सरकारी उदेश्य रहेको बताए । नेपालको पानी जनताको लगानी भन्ने नाराका साथ हरेक नेपालीलाई विद्युतको शेयर धनी बनाउने उदेश्य उनले प्रस्तुत गरे ।

कम्तिमा पनि दश हजारदेखि दश लाख सम्मको शेयर हरेक जनताले किन्न पाउने व्यवस्था गरिने मन्त्री पुनले बताए । त्यो शेयरवाट जनताले आफ्ना नानीलाई पढाउन सक्ने तथा आफ्नो पढाई खर्चको जोहो गर्ने गरी मासिक रुपले आर्जन गर्न सक्ने मन्त्री पुनले संभावना औंल्याए । त्यस्तै उनले त्यही शेरलाई पेन्सन जीवनको उतार्धमा जनताले पेन्सन जस्तो बनाउन सक्ने बताए । त्यही बाट बृद्ध भत्ता तथा भरणपोषणका कामहरु जनताले गर्न सक्ने उनको तर्क थियो । जनताको जलविद्युत आयोजना अगाडी बनाउनु उदेश्य जनतलाई आयआर्जन संग जोड्नु नै रहेको उनको कथन थियो ।

एउटा उडान भर्ने खालको आर्थिक विकासको बाटोमा दौड्ने खालको तयारी गरिरहेको दाबी गरेका मन्त्री पुनले कम्तिमा ३५ मेगावाटको लागि ७ खर्व रुपैंया जनताको पैंशा जलविद्युत उत्पादनमा केन्द्रित गर्ने बताए । राष्ट्र निर्माण केही मान्छेको सहभागिताले मात्रै हैन, केही विदेशी लगानीमा मात्रै हैन सारा देशवासीको लागनीमा देशलाई संवृद्धिमा लैजाने उनले बताए । त्यसले एकातिर हरेक नागरिक संवृद्धि बन्ने र अर्कौ तर्फ देशलाई भावनात्मक एकतामा जोड्न मद्दत पुग्ने उनले बताए । पहाडी क्षेत्रबाट बग्ने खोलाहरुमा विद्युतका योजनाहरु धमाधम निर्माणगर्न अध्यन सुरु भइरहेको पुनले बताएका उनले रोल्पाको माडीबाट जलविद्युत उत्पादन गर्दै दाङलाई त्यसले सिंचाई पु¥याउने योजना सुनाए ।

त्यस्तै उनले सल्यानको शारदा बाट समेत सिंचाईको लागि हाइड्याम बाँधेर पानी दाङमा ल्याएर सिंचाई गर्ने उनले योजना सुनाए । नेपाल सरकारले ५ बर्ष भित्र मागेको जति र भनेको ठाउँवाट विद्युत उपलब्ध गराउन सक्ने दाबी गरेका उनले तीन वर्ष भित्र सबै नेपालीको पहुँचमा विद्युत पु¥याउने जिकिर गरे । त्यसको लागि नीतिका साथ काम गरिरहेको तथा धमाधम सव स्टेसनहरु निर्माणको काम भइरहेको उनले बताए । ‘अस्तिमात्रै डेडेलधुरामा सवस्टेसन उद्घाटन भयो, हिजो मैले कैलालीको पहलमान पुरमा उद्घाटन गरे र आज मैले बर्दियाको भुडिगाउँ र दाङको हापुरेमा सवस्टेसन उद्घाटन गर्यौं,’ उनले भने ‘ म भोलि सल्यानको सव स्टेनस उदेघाटन गर्न जाँदै छु ।

त्यसले अब देश लोडसेडिङ मुक्त बन्दै गरेको लक्षण हो।’ दाङको हापुरेमा पहिलो पटक सरकार र तत्कालिन माओवादीका बीचमा शान्ती वार्ता भएके ऐतिहासिक ठाउँ भएको बताएका उनले त्यही ठाउँको उज्यालोको लागि सवस्टेसन उद्घाटन गर्दा खुसी लागेको बताए । यसअघि दाङ भ्यालीमा विद्युत सप्लाई गर्ने सवस्टेनहरु नभएको हुँदा माग अनुसारको विद्युत उपलब्ध गराउन नसकिएको बताएको उनले अबदेखि दाङमा विद्युतको कुनै समस्या नरहेको बताए । हापुरे र लमही घोराही बीचको नयाँ सव स्टेसनले थप २ सय मेगावाट विद्युत सप्लाई गर्न सक्ने भएको हुँदा जति सक्यो विद्युत खपत गर्न उनले आग्रह गरे ।

‘ दाङमा जति विद्युत छ त्यो अनुरुपको माग छैन,’ मन्त्री पुनले भने ‘अब तपाँईहरु जतिसक्नु हुन्छ विद्युत खपत गर्नुहोस।नँया उद्योग र कलकारखाना संचालनमा ल्याउनुहोस।’ उनले अब दाङमा उपलब्ध विद्युतको एकतिहाई पनि माग नभएको हुँदा जति हुन्छ आवश्यक विद्युत उपयोग गर्न तर्फ लाग्न आग्रह गरे । ‘हरेक शुक्रवार १२ देखि १ बजेसम्म मैले हटलाईनमा सेवाग्राहीको गुनासो सुन्ने गर्छु,’ मन्त्री पुनले भने ‘ तर जहिले पनि तुलसीपुर क्षेत्रका जनताले विद्युत भोल्टेज कम भएको , किसानले मोटरवाट पानी तान्न नपाएको , एउटा फ्यानपनि नचलेको गुणासो मात्रै गर्नु हुन्थ्यो । तपाँईहरु ढुक्क हुनुसहोस अब त्यो दिन समाप्त भयो।’

उनले दाङबाटै सल्यान, रोल्पा र रुकुमसम्म विद्युत जाने भएपनि यसअघि पूर्वाधारको अभावमा समस्या भएपनि अब त्यो समस्या नरहेको मन्त्री पुनले बताए ।

त्यसैगरी मन्त्री पुनले अब सबैभन्दा कम मुल्यमा ठेक्का दिने प्रवृतिको अन्त्य गर्नुपर्ने बताए । ‘ सबैभन्दा विलोमा टेन्डर भर्नेलाई कामको जिम्मा लगाउँदा समयमा काम नभएको मात्रै छैन, निर्माणको काम पनि राम्रो हुन सकेको छैन,’ मन्त्री पुनले ‘ राम्रा कामगर्ने ठेकेदारलाई छानेर मात्रै काम दिने छौं।’

तीन तहको सरकार संगसंगै हिडेर मात्रै देशमा संवृद्धि संभव हुने बताएका उनले सामाजिक न्यायसहितको आर्थिक विकासको पक्षमा आफुहरु रहेको उनले बताए । ‘केही मानिस मात्रै धनि हुने विकास हैन, सामाजिक न्यायसहितको विकास हामीले चाहेका छौं,’ मन्त्री पुनले भने ‘विपन्नहरुलाई आवसको ज्ञारेन्टी र स्वास्थ्य अधिकार सम्वन्धी ऐन बनाइसकेका छौं।’ त्यस्तै उनले काम गरेर खान्छु भन्ने युवालाई बेरोजगार भत्ता दिने उल्लेख गर्दैै काम दिन नसके मात्रै भत्ता दिने बताए ।

अबदेखि दाङमा विद्युतको कुनै समस्या हुने छैन – घिसिङ
कार्यक्रमलाई सम्वोधन गर्दै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले दाङ सिमेन्टको लागि भनेर सवस्टेसन निर्माण गरिएको भएपनि त्यो निर्माण नहुँदै सवस्टेसन निर्माण भएको हुँदा यसले जिल्लाको विकासमा महत्वपूर्ण टेवापुग्ने जानकारी दिए । त्यसले दाङ र रोल्पाका चारवटा सिमेन्ट उद्योगलाई विद्युत विरतण गरेर पनि प्रसस्तै विद्युत बच्ने बताए । ‘हापुरे र घोराहीको सव स्टेसनले अव जिल्लाको सबै मागहरु मज्जाले धान्न सक्छ,’ निर्देशक घिसिङले भने ‘ अबको एक दुई हप्तामा दाङमा विद्युतको कुनै समस्या हुने छैन ।’ हापुरे सवस्टेसन चार्ज गरेपनि त्यसको फाईदा लिन नसकेको उल्लेख गरेका घिसिङले तुलसीपुर र सोना सिमेन्टमा जानलागेको ३३ केभी लाईनलाई विवादकाकै कारण चार्ज गर्न नसकिएको बताए । तर एकहप्ता दिनमै त्यो चार्ज हुने उनले बताए ।

त्यसपछि दाङ जिल्लाबासीले भोल्टेजको समस्या,विद्युतको गुणस्तरको समस्या र लोडसेडिङको समस्या सम्पूर्ण रुपमा समाप्त हुने उनले दाबी गरे । यसअघि दाङका लागि लमहीदेखि घोराहीका लागि एउटै मात्रै लाइन भएको हुँदा लोभोल्टेज र लोडसेडिङको समस्या रहेतापनि अब त्यो समस्या नरहने उनले बताए । जुन लाईनले १२÷१५ मेवावाट भन्दा बढी बोक्न नसक्ने हुँदा त्यो लाईन बाट २० मेगावाटको विद्युत सप्लाई गर्दा विद्युतको भोल्टेज र आपुर्तीमा समस्या हुने गरेतापनि हापुरे र घोराही सव स्टेसन निर्माण पछि त्यो समस्या सदाको लागि समाप्त हुने उनले जानकारी दिए ।

‘यसअघि सव स्टेनको कारणले यहाँहरुले लोडसेडिङको समस्या भोग्नु प¥यो,तर अव ढुक्क हुनुहोस त्यो सदाको लागि समाप्त हुनेछ ।’ उर्जा मन्त्रालयले जारी गरेको स्वयत पत्र अनुसार त्यही अनुरुप हरेक नागरिकलाई अबको दुई वर्षदेखि चार बर्ष भित्र विद्युत उपभोग गर्न पाउने गरि काम थालिएको घिसिङले दाबी गरे । तर उनले विद्युत चोरी नियन्त्रणमा लाग्नुपर्ने सुझाए ।

त्यस्तै कार्यक्रमलाई सम्वोधन गर्दै कुसुम हापुरे १३२ केभी प्रसारण लाइनका उपप्रमुख बज्रभुसन चौलागाँइले प्रशारण लाईन उद्घाटन हुनुले दाङको संवृद्धिको ढोका खुलेको तर्क गरे । आयोजनाको निर्माण कुल खर्च ४३ करोड २२ लाख ६७ हजारमा भएको उनले जानकारी दिए । भौगोलिक विकटता, राष्ट्रिय निकुञ्ज बीचमा पर्नु, डलतको सटही महंगो हुन जानुले गर्दा लागत स्टिमेट केही बढी हुन गएको उनले जानकारी दिए । उनले ६० मेगावाट सम्म सिमेन्ट उद्योगले विद्युत माग गरेको जानकारी दिए ।

उक्त कार्यक्रमलाई ५ नं. प्रदेशका प्रदेशसभा सदस्य ईन्द्रजित थारु, बबई गाउँपालिकाका अध्यक्ष भुवनेश्वर पौडेल लगाएतले सम्वोधन गरेका थिए ।

 

प्रकाशित मिति : २०७५ फाल्गुन ९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *