दाङ, भदौ ६। भुमि आयोग दाङको कार्यालय सोमवार जिल्ला समन्वय समितिमा उद्घाटन गरिएको छ ।
सरकारले केन्द्रिय भुमि आयोग गठन गरेको केहि महिनापछि मात्रै दाङ जिल्लामा भुमि आयोगका पदाधिकारीहरुलाइ नियुक्त गरेपछि आयोगको कार्यालय उद्घाटन पनि केहि ढिलो भएको बताइएको छ ।
नवनियुक्त भुमि आयोग दाङका अध्यक्षत लेखराज सिंहको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि तथा जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्माले भुमि व्यवस्थापन निकै चुनौतिपुर्ण रहेको बताएका छन् ।
‘लालपुर्जा दिनुमात्रैमा आयोग सिमित रहनुहुंदैन, धेरै सरकारी ऐलानी जग्गाहरुको संरक्षण गर्नुपनि आयोगको दायित्व हो’, प्रमुख अतिथि शर्माले भने ।
प्रमुख अतिथि शर्माले यस अघिका आयोगहरुले गरेका कामहरु निरर्थक भएको भन्दै अहिले बनेको आयोगले अर्थपुर्ण काम गर्नुपर्ने पनि बताए ।
आयोगका काममा आफुले जिल्लामा सवै निकायसंग आवस्यक सहजीकरण र समन्वय गर्ने पनि प्रमुख अतिथि शर्माले बताए ।