२०८२ असार ४ गते बिहिवार

जेसिज सप्ताहमा जनतासगं न्यायको पहुँच कार्यक्रम

तुलसीपुर,भदौ ६ । तुलसीपुर नगर जेसिज वर्ष २०२२ को जेसिज सप्ताह कार्यक्रम अन्तर्गत सोमवार चौथो दिन जनतासगं न्यायको पहुँच कार्यक्रम भएको छ ।

तुलसीपुर नगर जेसिज वर्ष २०२२ का अध्यक्ष केशवराज केसीको अध्यक्षता तथा उच्च अदालत तुलसीपुरका न्यायाधीस बबिता उप्रेतीको प्रमुख आतिथ्यता उक्त कार्यक्रम सम्पन्न भएको हो ।

त्यस अवसरमा बार एसोसिएसन तुलसीपुरका अध्यक्ष पुष्करबहादुर भन्डारी,उच्च अदालत बार एसोसिएसनका बरिष्ठ अधिवक्ता डिल्लीराज धिताल, वरिष्ठ अधिवक्ता तथा तुलसीपुर जेसिजका पुर्व अध्यक्ष प्रदिप धिताल,वरिष्ठ अधिवक्ता विष्णुमनी धिताल,तुलसीपुर नगर जेसिजका पुर्व अध्यक्ष झरेन्द्र खरेल,पुर्व अध्यक्ष दिपेश भण्डारी,अधिवक्ता मोहन प्रसाद धिताल,उच्च अदालत तुलसीपुरका प्रतिनिधि निरन्जनबाबू पान्डे लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।


कार्यक्रममा अतिथि, तुलसीपुर नगर जेसिजका पुर्व अध्यक्षहरु,सल्लाहकारहरु,बोर्ड पदाधिकारी तथा जेसिज सदस्यहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।

उक्त कार्यक्रमका संयोजक मधुसुदन गौतमको स्वागत मन्तव्यबाट सुरु भएका कार्यक्रममा मुल संयोजक चेतन कंडेलले जेसिज सप्ताह कार्यक्रमको बारेमा प्रकाश पारेका थिए ।

कार्यक्रमको सहजीकरण जेसिजका महासचिव पूर्णविक्रम डाँगीले गरेका थिए भने जेसिज आस्था पाठ कार्यकारिणी उपाध्यक्ष सन्दिप भुसालले गरेका थिए ।

प्रकाशित मिति : २०७९ भाद्र ६ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *