२०८१ चैत्र ६ गते बुधवार

मेरो दाबी फेरि पनि दाङ क्षेत्र नं.३ मा छ – हिराचन्द्र केसी

तुलसीपुर, भदौ ६ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हिराचन्द्र केसीले दाङ क्षेत्र नं. ३ मा आफ्नो दावी रहने बताएका छन । गृहनगर तुलसीपुरमा आएर उनले आफ्नो दाबी प्रस्तुत गरेका हुन ।

एकीकृत समाजवादीका केन्द्रीय सदस्य समेत रहेका केसीले यस अघि आफू सोही क्षेत्रबाट जितेको हुँदा मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा आफ्नो उम्मेदवारी रहने दाबी गरेका हुन ।

रिपोटर्स क्लब दाङले सोमबार तुलसीपुरमा गरेको पत्रकार भेटघाट कार्यक्रमामा प्रतिनिधिसभा सांसद समेत रहेका केसील्े गठबन्धनबाटै चुनाबमा जानु पर्ने अबस्था रहेपनि आफ्नो सशक्त दावी रहने बताएका हुन ।

त्यस्तै केसीले टरिगाउँ एयरपोर्टको विकल्प खोज्न आबश्क नरहेको बताए । एयरपोर्टमा बजेट आएको हुँदा अब त्यसलाई टेन्डर प्रक्रियामा अघि बढाउन भूमिका खेलने जानकारी दिए ।

रिपोटर्स क्लब दाङका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण क्लबका महासचिब बिमल गौतमले गरेका थिए ।

तस्विर ः शरद रेग्मीको फेसबुकबाट ।

प्रकाशित मिति : २०७९ भाद्र ६ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *