२०८१ साउन ९ गते बुधवार

कांग्रेस नेता प्रदीप गिरीको निधन


काठमाडौं,भदौ ५। नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य प्रदीप गिरीको निधन भएको छ। नेता गिरीको ७५ वर्षको उमेरमा निधन भएको हो ।

उपचारको क्रममा ललितपुरको नख्खु स्थित मेडिसिटी अस्पतालमा उनको निधन भएको हो ।

समाजवादी चिन्तक कांग्रेसका सिद्धान्तबादी नेता गिरीको शनिबार राति ९ बजेर ३६ मिनेटमा निधन भएको नेपाली कांग्रेस संघीय संसदीयदलको कार्यालयले जनाएको छ ।

गिरी लामो समय भारतको मुम्वईमा घाँटीको क्यान्सरको उपचार गराएर नेपाल फर्केका थिए ।

छातीमा समस्या देखिएपछि उनलाई गत ९ साउनमा मेडिसिटी अस्पतालमा भर्ना भएका थिए ।

स्वर्गीय गिरीको पार्थिव सरिरलाई बिहान ९ बजेबाट ११ बजेसम्म मेडिसिटी अस्पताल परिसरको शिवालय मन्दिरमा र ११ः३० देखि २ः०० बजेसम्म पार्टी केन्द्रीय कार्यालय सानेपामा अन्तिम श्रद्धान्जलीका लागि राखिने संसदीयदलले प्रकाशित शोक वक्तव्यमा उल्लेख छ ।

प्रकाशित मिति : २०७९ भाद्र ५ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *