तुलसीपुर, भदौ ३ । राजपुरमा झाडा पखालाबाट एक बालिकाको मृत्यु भएको छ ।
जिल्लाको राजपुरगाउँपालिका वडा नं. ७ गजमिरेकी ७ बर्षीया बालिका संझना परियारको मृत्यु भएको छ ।
गाउँ नजिकको स्वास्थ्य चौकीमा उपचार गराइ रहेकी संझनाको बिहीबार मृत्यु भएको प्रहरी प्रबक्ता गौतले बताए ।
उनकी ४० बर्षीया आमा लालमती र ३ बर्षीया बहिनी सपना बिरामी छन् । त्यस्तै स्थानीय खिमबहादुर बुढाकी ३ बर्षीया छोरी अस्मिता बुढापनि बिरामी परेकी छन ।
जिल्ला प्रहरी प्रबक्ता डिएसपी राजन गौतमका अनुसार उनीहरुको स्थानीय उपचार सामुदायिक उपचार केन्द्रमा जारी छ ।
गजमिरे गाउँमा स्थानीय प्रहरी न्यूनिटलाई खटाइएको तथा स्थानीय जनप्रतिनिधि, स्वास्थ्य कर्मीलाई सघाउन आग्रह गरिएको बताए ।
गजमिरे नेपाल – भारत सीमा नाका क्षेत्रमा पर्दछ ।
प्रकाशित मिति : २०७९ भाद्र ३ गते शुक्रवार