तुलसीपुर , भदौ १ । दाङको घोराही उपमहानगरपालिका वडा नं. २ रामपुरका २८ वर्षीय अटोचालक मुक्तान चौधरीलाई पूर्पक्षका लागि थुनामा पठाइएका छन् ।
थप ११ जनालाई भने दाङ जिल्ला अदालतले साधारण तारेखमा छोड्न आदेश दिएको छ । छोरा, बुहारी, मलामी, पुरोहितसहित थप एक चालकसमेत गरि ११ जनालाई साधारण तारेखमा छोड्न आदेश भएको छ ।
मंगलबार न्यायाधिश कुलप्रशाद पाण्डेको इजलासले अटोचालक चौधरीलाई पूर्पक्षका लागि थुनामा पठाउन आदेश दिदै अन्य ११ जनालाई साधारण तारेखमा छोड्न आदेश भएको शाखा अधिकृत तिमिल्सिनाले जानकारी दिइन ।
गत असार १४ गते मध्यान्ह १२ बजेतिर घोराही – २ रामपुरकी स्थानीय ७७ वर्षीया हरिकला भण्डारीको ओर्लने क्रममा लडेर घाइते भइ उपचारका क्रममा दुई दिन पछि मृत्यु भएको थियो । चौधरी रा १ ह ५१७० अटोका धनीपनि हुन ।
त्यसपछि चौधरीले प्रलोभनमा पारी स्थानीय ५१ वर्षीय अटोचालक चुडामणि पुन मगरलाई अटो आँफुले चलाएको बयान प्रहरी समक्ष गर्न लगाएका थिए ।
मृत्यु पछि घर परिवारले प्रहरीलाई खबरसमेत नगरी गुपचुपनमा भण्डारीको अन्त्येष्टि गरेका थिए । घटनाबारे स्थानीयले आधा महिना पछि प्रहरीलाई सूचना दिएपछि १५ दिनपछि बल्ल अनुसन्धान सुरु भएको थियो । यो पनि हेर्नुहोस । एउटा दूर्घटना,जहाँ छोरा बुहारी र पुरोहितसहितले मुद्दा खेप्नु परिरहेको छ…